अर्जुनधारा १२ । अर्जुनधारा नगरपालिका वडा नम्बर ९ का वृद्धबृद्धा लाई स्थानीय युवाहरुले सम्मान गरेका छन् ।
गोलधाप युवा परिवारको आयोजनामा १ सय १५ जनालाई सम्मान गरिएको हो ।
शुक्रबार स्थानीय युवा नरेन्द्र राईको सहजीकरणमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सांसद बिर्ख प्रधानले वृद्ध आमाबुवाहरु हाम्रो इतिहास भएकाले देखावटी होईन मनबाट सम्मान गर्नुपर्ने बताए ।
युवा परिवारका अध्यक्ष सुरेन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा नृत्य प्रतियोगिता संगै दोसल्ला र मालाले उनिहरुलाई सम्मान गरिएको अध्यक्ष राईले जानकारी दिए ।
दिपक श्रेष्ठले संचालन गरेको कार्यक्रममा शिक्षा सेवी कमल गुरागाईले स्वागत गरेका थिए ।
Advertisement







