बिर्तामोड चैत्र ८ । संघीय राजधानी काठमाडौंका दुई झापा बिर्तामोडका १ सहकारीमा फिनस्मार्ट सफ्टवेयर बिच सम्झौता सम्पन्न भएको छ । जनदेव बचत तथा ऋण सहकारी संस्था छेत्रपार्टी ,चट्टान बचत तथा ऋण सहकारी बुढानिलकण्ठ काठमाडौ र अरुणाेदय बचत तथा ऋण सहकारी संस्थाले
फिनस्माट फिनास्त्र मोबाइल बैंकिङ नामक सफ्टवेयरको प्रयोगमा ल्याएका छन् ।
सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै सहकारीका शेयर सदस्यको सहजताका लागि मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याईएको सहकारी संचालकले बताएका छन् ।
प्रथम आइटी सिस्टम प्रा.लि बिर्तामोडको प्राविधिक सहयोगमा सुचारु गरिएको मोबाइल बैंकिङ सेवा मार्फत् संस्थाका प्रत्येक शेयर सदस्यले संस्थाको कार्यालयमा नगएर पनि आफ्नो खातामा रहेको रकमबारे जानकारी लिन सकिने, खाताको विवरण हेर्न सकिने, आफ्नो खाताको रकम अर्को खातामा सार्न सकिने, रकम झिक्दा तथा जम्मा गर्दा मोबाइलमा म्यासेज आउने, मोबाइल रिचार्ज, फोन र इन्टरनेटको बिल रकम भुक्तानी गर्न सकिने , वालेट, टपअप, खानेपानी, बिजुली, हवाई टिकटलगाएत सेवाको भुक्तानी गर्न सकिने प्रथम आइटीका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले जानकारी दिए ।
झापामा पहिलोपटक सहकारीमा सफ्टवेयर प्रयोग गरे संगै अहिले देशका विभिन्न जिल्लामा माग भएको र यसलाई थप प्रभाबकारी बनाउन प्रयत्नशील रहेको प्रथम आइटीका प्रशासकीय निर्देशक राजु श्रेष्ठले जानकारी दिए ।
प्रधान कार्यलय बिर्तामोडमा रहेको अरुणोदयले आफ्ना २५ सय सदस्यलाई दैनिक गर्ने सबै कार्यक्रम एप जडान बाट सहज बनाउन प्रबिधिको प्रयोग गरिएको अध्यक्ष तारा प्रसाद नेपालले बताए । संस्थाले अबकाे एक वर्ष भित्रमा चार ठाउँमा शाखा कार्यलय खाेल्ने पनि संस्थाको अध्यक्ष नेपालले जानकारी दिए ।







