राष्ट्रिय प्रगतिशील सन्थाल संगठनको प्रथम बिर्तामोड नगर अधिवेशन आज सम्पन्न भएको छ।
अधिबेशनबाट टीका हस्ताको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको एमाले नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले जानकारी दिए।
प्रमुख अतिथि एमाले प्रदेश सदस्य तथा बिर्तामोड नगरपालिका उप-प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर उपसचीव मदन बुढाथोकी वडा सचीव हरि बास्कोटा लगायतले शुभकामना राखेका थिए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरे समुदायका १ सय ७७ जना एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईंले सबै जातजाति धर्म समुदाय एकढिक्का भएर मुलुकको रुपान्तरणमा लाग्न आग्रह गरिन् उनले विभिन्न कुराबाट पछि परेका समुदायलाई राज्यले सम्बोधन गर्नु पर्ने र पार्टीले सन्थाल जातिको हितमा नेतृत्वदायी भुमिका निर्वाहा गर्ने उल्लेख गरिन।
यस्तै नगर कमिटी अध्यक्ष भट्टराईले राजनीतिक ब्यबस्था परिवर्तन गर्न महत्त्वपूर्ण भुमिका खेल्ने समुदाय संग सहकार्य गर्दै एमालेको नेतृत्वमा तिनको सम्बोधन गर्न तयार रहेको बताए ।







