बिर्तामोड । नेकपा (एकीकृत समाजवादी) विर्तामोड ७ को वडा भेलाले ३५ सदस्य वडा कमिटी गठन गरेको छ।
जसको अध्यक्ष अनिता पौडेल खत्री, उपाध्यक्षहरु महानन्द भण्डारी, महेश मालपाडिया, गगा कार्की, सचिव उर्मिला खरेल, उपसचिव कल्पना भट्टराई चयन भएका छन् ।
बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी पार्टी केन्द्रीय सदस्य पुस्प पोखरेलले केपी ओलीले पार्टी राजा ज्ञानेन्द्रलाई बुजाउन लागेपछि बिद्रोह गरिएको बताए ।
पार्टी प्रदेस कमिटी सदस्य बिमल उप्रेती र प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले शुभकामना राखेका थिए ।भेलाले महिला नेतृत्वलाई वडाको जिम्मेवारी दिएको छ । कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिब र सहसचिबमा महिलालाई नै जिम्मेवारी प्रदान गरेको नगर सचिब कृष्ण बिस्टले जानकारी दिनु भयो ।
Advertisement







