नेकपा एमाले बिर्तामोड-२को पार्टी कार्यालय उद्घाटन तथा रार्ष्ट्रिय युवा संघ वडा कमिटी गठन गरिएको छ ।
चारपाने स्थित स्थापना गरिएको कार्यालयको आज एक कार्यक्रमका बिच प्रदेश नम्बर १ इन्चार्ज देवराज घिमिरेले उद्द्घाटन गरेका हुन् ।
वडा कमिटीले ७० माथी उमेर समुहका २२ जना पार्टी सदस्यलाई सम्मान समेत गरेको छ । युवा संघ नेपालको खेमराज गिरिको अध्यक्षतामा ३५ सदस्यीय कमिटी समेत गरेको नगर कमिटी सदस्य किशोर पौडेलले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे ,प्रदेश सदस्य तथा बिर्तामोड उपप्रमुख पबित्रा महतरा प्रसाईं नगरकमिटी अध्यक्ष सुभाष भट्टराई लगायतले शुभकामना राखेका थिए ।
Advertisement







