• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विश्वभर फैलिदै ओमिक्रोन


  •    संवाददाता/ शुक्रबार, मङि्सर १७, २०७८  

  • १७ मंसिर, काठमाडौं । श्रीलंकामा पनि कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म ३२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ।

    शुक्रबार श्रीलंकाका स्वास्थ्य अधिकारीले एक जनामा ओमिक्रोन पुष्टि भएको बताएका छन् । हालै दक्षिण अफ्रिकाबाट फर्किएका एक श्रीलंकालीमा ओमिक्रोन पुष्टि भएको अधिकारीहरूको भनाइ छ। यसअघि बिहीबार भारतको कर्नाटक राज्यका २ जना पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

    Advertisement

     

    Advertisement

    विभिन्न सञ्चारमाध्यमका अनुसार नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा १२ वटा छन् । युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ । बेलायतमा मात्रै ओमिक्रोन संक्रमितको संख्या २२ पुगेको छ ।

    एसियामा जापानसहित भारत, श्रीलंका, मलेसिया, इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ ।

    सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित बढ्दै गएका छन्। पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा ११ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हिजोको भन्दा ८ हजार ५ सयले बढी हो ।

    दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले नयाँ ओमिक्रोन भेरियन्टका कारण मुलुक कोभिड संक्रमणको चौथो लहरमा प्रवेश गरेको बताएका छन् ।

    शुक्रबार मिडिया ब्रिफिङ गर्दै स्वास्थ्यमन्त्री फाहलाले ओमिक्रोनका कारण दक्षिण अफ्रिका कोभिड संक्रमणको चौथो लहरमा प्रवेश गरेको बताएका हुन् । तर हाल अस्पतालसामु जोखिम उत्पन्न नभएको उनको भनाइ थियो ।

    जो फाहलाले धेरै मानिसको ज्यान जाने अवस्था आउनुपूर्व नै ओमिक्रोन भेरियन्टको व्यवस्थापन हुने विश्वास समेत व्यक्त गरेका छन् । उनका अनुसार दक्षिण अफ्रिकाका ९ मध्ये ७ वटा प्रान्तमा ‌ओमिक्रोन फैलिइएको छ ।

    साथै, फाहलाले मानिसहरूलाई खोप लगाउन समेत आग्रह गरेका छन् । यसैबीच, दक्षिण अफ्रिकाकी एक वरिष्ठ चिकित्सकले हालसम्मको अवस्था हेर्दा ओमिक्रोन भेरियन्ट घातक नदेखिएको बताएकी छन् ।

    ‘प्रारम्भिक अवस्था हेर्दा ओमिक्रोन घातक देखिँदैन’, साउथ अफ्रिकन मेडिकल एशोसिएशनकी अध्यक्ष डा। एन्जेलिक कोएटजीले अलजजिरासँग कुरा गर्दै भनिन्, ‘यो तीव्र रुपमा फैलिइरहेको तर हामीले देखेका लक्षण सामान्य छन् ।’

    कुन संक्रमितमा गम्भीर समस्या देखिने भनेर थाहा नहुने भएकाले चिन्ता गर्नुपर्ने अवस्था रहेको कोएटजीको भनाइ थियो ।

    पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट दक्षिण एसियाका २ मुलुकमा समेत फेला परेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.