३० कार्तिक, झापा । बिप्लब नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको बन्दको प्रभाव झापा सहित देशैभर बिहानै देखि देखिएको छ ।
जनजीवन संग जोडिएको विषय पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ताको माग गर्दै आजका लागि आह्वान गरिएको बन्दका कारण मुख्य राजमार्गमा सवारी साधन न्यून मात्रामा देखिएका छन् भने शैक्षिक संस्था पनि बन्द रहने भएका छन् ।
बिद्यालयहरुले विशेष कारण देखाउदै बिद्यालय बन्द रहने सूचना प्रकाशन गरेका छन् ।
Advertisement







