• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वडाध्यक्ष संग्रौलाको स्टाटसप्रति माछा पालक किसानको आपत्ति


  •    संवाददाता/ बिहिबार, कार्तिक २५, २०७८  

  • बिर्तामोड । माछा पालन सम्बन्धमा बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै झापाका माछा पालक किसानले आपत्ति जनाएका छन् ।

    वडाध्यक्ष संग्रौलाले भ्रामक, तथ्यहिन र बिनाआधार सामाजिक सञ्जाल फेसबुकमा माछा पालन सम्बन्धी स्टाटस लेखेको भन्दै माछा पालक किसानले आक्रोश व्यक्त गरेका हुन् ।

    Advertisement

    बिहीबार बिहान बिर्तामोड ३ सैनिकमोडमा बैठक बसी माछा पालक किसानहरुले फेसबुकमार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने वडाध्यक्ष संग्रौलालाई सूचना सच्याउँन माग गरेका छन् । उनीहरुले कपोकल्पित र आम उपभोक्तामा भ्रम फैलाउने उद्देश्यले फेसबुकमा स्टाटस लेख्नु जनप्रतिनिधिबाट गैरजिम्मेवार कार्य भएको टिप्पणी गरेका छन् ।

    Advertisement

    वडाध्यक्ष संग्रौलाको स्टाटसप्रति मेची मत्स्य व्यवसायिक कृषक समूहले बिहीबार विज्ञप्ति जारी गरी खेद व्यक्त गरेको छ । समूहले वडाध्यक्ष संग्रौलालाई स्टाटसमा दावी गरिएजस्तो माछा पालन गर्ने पोखरीहरुमा अस्पतालबाट उत्पादित फोहोरमैला हाल्ने गरेको पुष्टि गर्न चुनौती समेत दिएको छ ।

    वडाध्यक्ष संग्रौलाले त्यसो गरेको प्रमाण पु¥याएको खण्डमा सम्बन्धित माछा पालक किसानलाई कडा कारबाही गर्ने समूहले विज्ञप्तिमार्फत विश्वास दिलाएको छ ।

    ‘हस्पिटलमा उत्पादित फोहोरमैला, मासुजन्य वस्तुहरु माछालाई चारोको रुपमा रात्रिकालिन समयमा खुवाउने गरेको भन्ने वडाध्यक्ष संग्रौलाको दाबी प्रमाणित गर्न हामी चुनौती दिन्छौं । प्रमाणित भए सम्बन्धित किसानलाई कडाभन्दा कडा कारबाही गर्न हामी पनि माग गर्नेछौं । अन्यथा जिम्मेवार निकायमा बसेको व्यक्तिले गैरजिम्मेवारीपूर्ण कार्य गरेकोमा वडाध्यक्ष संग्रौलाप्रति गहिरो खेद व्यक्त गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

    बिना आधार प्रमाण, अनुमानकाभरमा आगामी दिनमा माछा पालन सम्बन्धि कुनै पनि सन्देश सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट प्रकाशन÷प्रसारण नगरिदिन समेत वडाध्यक्ष संग्रौलालाई सचेत गराएको समूहका अध्यक्ष लक्ष्मीप्रसाद सिवाकोटीले बताए ।

    अध्यक्ष सिवाकोटीले तथ्यहिन र भ्रामक हल्लाको पछि नलागि आम उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको अग्र्यानिक ताजा माछाको सेवन गर्न आग्रह गरेका छन् ।

    उनले बजार हल्लाको पछि लागेर भारतीय फर्मालिन प्रयोग गरिएका मरेको माछाभन्दा स्थानीय किसानले उत्पादन गरेको ताजा अग्र्यानिक माछाको सेवनबाट बिचलित नहुन समेत आग्रह गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.