पाँचथर । पाँचथरको फिदिमदेखि झापाको दमक आउँदै गरेको बस दुर्घट्ना भएको छ । दुर्घटना परि घाईते हुनेको संख्या ६२ जना पुगेको छ । घाइते मध्ये केहिको अवस्था चिन्ताजनक छ । को १ ख ३८६५ नम्वरको वस फिदिम ४ सरखण्डेमा दुर्घट्ना भएको हो ।
बस अनियन्त्रित भइ दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयाे । वसमा ६० भन्दा धेरै यात्रु रहेको वताइएको छ । बस सडकबाट पल्टेर ५० मिटर तल रहेको अर्को गोलाइमा पुगेको छ ।
दुर्घट्नामा घाइते भएका मध्ये कम्तिमा १५ को अवस्था चिन्ताजनक छ । घाइते मध्ये २४ जनालाई पाँचथर अस्पताल र वाँकीलाई पाथिभरा र समर्पित अस्पतालमा उपचारका लागि ल्याइएको छ । घट्नावारे विस्तृत विवरण आउन बाँकी छ । source:eagle fm
Advertisement







