झापा । विजया दशमी तथा सेतो छडी दिवसको अवसरमा उद्योगि दुर्गा प्रसाईले नेत्रहीन संघ झापालाई नगद सहित विभिन्न सामाग्री उपलब्ध गराएका छन् ।
बिर्तामोड ३ मा रहेको झापा नेत्रहीन संघको आयोजनामा सेतो छडी तथा दशैँको पुर्वसंध्यामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै बि एण्ड सि अस्पतालका कार्यकारी निर्देशक प्रसाईले नगद ७९ हजार ,सेतो छडी ,र ब्रेल पेपर आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रसाईले दृष्टिबिहिनहरुको निशुल्क स्वास्थ बिमा र पुर्वाञ्चल क्यान्सर अस्पतालमा ५० प्रतिशत छुट उपलब्ध गराउने बताए ।
संघका संस्थापक अध्यक्ष खेम रेग्मी तथा पुर्व अध्यक्ष द्रोणचार्य निरौलाले अपाङ्गता भएका ब्यक्तिले अस्पतालमा जादा पाएका दुस्ख स्मरण गराउदै अपाङ्गता भएका ब्यक्ति लाई राज्यले समेत कुनै स्थान नदिएको गुनासो गर्दै प्रसाईलाई सहजीकरण गरिदिन आग्रह गरे ।
१ सय ५ जना सदस्य रहेको संघको कार्यालयमा हाल अडियो पुस्तकालय ,कम्प्युटर ,संगीत लगायत गतिविधि हुँदै आएको छ । संघका ब्यबस्थापन समिति अध्यक्ष शृजना बरालको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष होमनाथ राजबंशीले स्वागत तथा संचालन सचीव भोजकुमार तामाङले गरेका थिए।







