• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कनकाई छठ सेवा समाजको अध्यक्षमा राजकिशोर चौधरी


  •    संवाददाता/ बुधबार, असोज १३, २०७८  

  • कनकाई  । कनकाई छठ सेवा समाजको अध्यक्षमा राजकिशोर चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् ।

    छठ समाजको छैटौं साधारण सभा एवम् पाँचौं अधिवेशन समापनसँगै समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलको संयोजकत्वमा संस्थापक अध्यक्ष उपेन्द्र प्रधान र पूर्व अध्यक्ष चन्द्रशेखर (चन्दन) शाह सदस्य रहेको निर्वाचन समितिको पहलमा चौधरी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    Advertisement

    संस्था स्थापना हुनुअघिदेखि नै छठ पूजाकालागि महत्वपूर्ण योगदान दिँदै आएका राजकिशोर छठ समाजको विभिन्न जिम्मेवारी सम्हाल्दै यस अघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । आगामी कार्यकालकालागि अध्यक्ष पदमा तीनजनाको दावेदारी रहेको भएपनि तीन दिनसम्मको व्यापक छलफलपछि चौधरीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको बताइएको छ ।

    Advertisement

    सामाजिक क्षेत्रमा युवाहरुका विच लोकप्रिय बन्दै आएका अध्यक्षका अर्का प्रत्यासी खगेन्द्र महतोलाई आउँदो कार्यकालमा अध्यक्षको जिम्मेवारी दिनेगरी हाल वरिष्ठ उपाध्यक्षमा बस्न समाजका अग्रजहरुबाट नै सल्लाह सुझाव आएपछि सोही अनुरुप यस पटक महतो वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

    छठ समाजको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका महतो छठ समाजको पूर्व महासचिव समेत हुन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी शिवशंकर महासेठले समेत आफ्नो उम्मेद्वारी झिकेर सर्वसम्मत नेतृत्व चयनकालागि आफ्नो तर्फबाट त्याग देखाएका थिए ।

    यसै गरी कार्यसमितिका नवनिर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मुन्ना शाह, महासचिव रविन्द्र गुप्ता, सचिवमा किरण कारक र कोषाध्यक्षमा दिनेश ठाकुर सर्वसम्मत रुपमा चयन भएका छन् । अन्य सदस्यहरुमा नेत्र सोनी, अशोक शाह, विनोद चौधरी, राकेश चौधरी, सञ्जय शाह र महिला सदस्यद्वयमा अन्जु शाह र शोभा शाह सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका सदस्य एवम् समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले बताए ।

    कार्यसमितिलाई सर्वसम्मत बनाउँन छठ समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलको संयोजकत्वमा संस्थापक अध्यक्ष उपेन्द्र प्रधान र पूर्व अध्यक्ष चन्द्रशेखर शाह(चन्दन) सदस्य रहेको निर्वाचन समितिले महत्वपूर्ण भूमिका खेलेको भन्दै निर्वाचन समिति लगायत सहजीकरण गर्ने निवर्तमान अध्यक्ष सहित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु, पूर्व अध्यक्ष, संचारकर्मी लगायत सहयोगी शुभचिन्तकप्रति नवनिर्वाचित अध्यक्ष चौधरीले धन्यवादसहित आभार प्रकट गरेका छन् ।

    नवनिर्वाचित समितिले चाँडै एक विशेष कार्यक्रमका विच सपथ ग्रहण गरेर आफ्नो वार्षिक योजनासहितको कार्यक्रम अघि बढाउँने योजना रहेको नवनिर्वाचित अध्यक्ष चौधरीले जानकारी दिएका छन् । कार्यसमितिले आफ्नो पहिलो कामको रुपमा निर्माणाधिन अवस्थामा रहेको संस्थाको सूर्यनारायणको मन्दिरसहितको सामुदायिक भवनलाई पूरा गर्ने साथै सामाजिक क्षेत्रमा अन्य गतिविधिलाई समेत निरन्तरता दिने योजना बनाएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.