• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड नगरपालिकाको नगर विकास योजना पुस्तक सार्वजनिक


  •    संवाददाता/ मङ्गलबार, असोज १२, २०७८  

  • झापा । बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷०७९को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका विच समिक्षा तथा पुस्तक सार्वजनिक गरीएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद एककाराज कार्की,बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नु भयो । गत असार १० गते आयोजित सातौँ नगरसभामा पेस भएका नीति तथा कार्यक्रमलाई पुस्तक मार्फत सार्वजनिक गरीएको हो ।

    Advertisement

    कार्यक्रममा बिर्तामोड नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा निशुल्करुपमा पठन पाठन गराउँदै आएको आचरण सचेतना शिक्षा कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम तथा कक्षा ७ र ८को पाठ्य पुस्तक समेत विमोचन गरीएको छ ।

    Advertisement

    सोहि कार्यक्रमका विच नगरपालिकाको विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गा दाता,अवकास प्राप्त कर्मचारी,उत्कृष्ट कर्मचारी,समाजसेवी तथा खेलाडीलाई सम्मान गरीएको छ । सम्मानित हुनेहरुमा आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने जग्गा दाता बिर्तामोड वडा नम्बर १ का दानबहादुर राउत,वडा नम्बर ४का भिमकला रावत,वडा नम्बर ९का तोम प्रसाद पाठक,वडा नम्बर १०का श्रीप्रसाद शिवाकोटी रहेका छन् ।

    यस्तै बिर्तामोड नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारी लेखा अधिकृत यादव प्रसाद अधिकारी,अधिकृत छैटौँ तुलसी प्रसाद भण्डारी,सहायक पाँचौ धनकुमारी भण्डारी र प्रधुम्न न्यौपानेलाई सम्मान तथा विदाई गरीएको छ । यस्तै समाजसेवी बिर्तामोड नगरपालिका ४का भक्ति प्रसाद तिवारी विदुर र वडी विल्डर राम दाहाललाई सम्मान गरीएको छ ।

    नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८को उत्कृष्ट कर्मचारीकोरुपमा कोभिड–१९को संक्रमण उच्च रहेको बेलामा समेत अहोरात्र खट्ने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र सव वहान चालक खगेन्द्र प्रसाद मैनालीलाई सम्मान गरीएको छ ।

    सम्मानित हुने सबैजनालाई प्रमुख अतिथि तथा प्रदेश १ सांसद एकराज कार्की,नगरप्रुमख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले दोसल्ला ओढाएर सम्मान पत्र तथा मायाको चिनोको रुपमा अंखोरा प्रदान गर्नु भएको थियो ।

    कार्यक्रमको पहिलो सत्रमा नगरका १५ वटै शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा गरीएको थियो ।

    शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,कृषि शाखा प्रमुख राजेन्द्र कडरीया, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल,योजना शाखा प्रमुख जय तिम्सीना,आर्थिक प्रशासन शाखाका निमित्त प्रमुख प्रकाश न्यौपाने,राजश्व शाखाका प्रमुख पदमराज न्यौपाने,कानुन शाखा प्रमुख टिका लामिछाने,घर नक्शा शाखा प्रमुख प्रभाव थापा मगर,पञ्जिकरण इकाई शाखा प्रमुख अशेष अधिकारी,प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख होमनाथ भट्टराई र उद्यम विकास कार्यक्रम प्रमुख चलीमाया तामाङ्गले आ–आफ्नो शाखाको प्रगती विवरण पेश गर्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रदेश १ सांसद एककाराज कार्कीले सार्वजनिक भएका योजनाहरुको कार्यान्यनमा ध्यान दिन सबै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।

    कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटि अध्यक्ष उमानाथ ओली,राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेल,नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज युवराज दाहालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको आचित्यमाथि प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले प्रकाश पार्नु भएको थियो ।कार्यक्रमलाई योजना अधिकृत जय तिम्सीनाले सञ्चालन गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.