• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कांग्रेसको चौधौं महाधिवेशन : झापाका पालिकातहको निर्वाचनका लागि १५ वटै पालिकाहरुमा मतदान केन्द्र तय


  •    संवाददाता/ शुक्रबार, असोज ०८, २०७८  

  • विर्तामोड । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत झापाका पालिकातहको निर्वाचनका लागि १५ वटै पालिकाहरुमा मतदान केन्द्र तय गरिएको छ ।

    निर्वाचनको पूर्वतयारीका क्रममा सबै पालिकामा पुगेका मतदान अधिकृत र    स्थानीय पार्टी कार्यसमितिबीचको समन्वयमा मतदान स्थल तय गरिएको हो भने सहमतिको सम्भावना भएका पालिकाहरुमा सहमतिको प्रयास पनि जारी राखिएको छ ।

    Advertisement

    आकांक्षीहरुबीचमा सहमति गराएर सर्वसम्मत नेतृत्व चयनका लागि विभिन्न पालिकाहरुमा पहल जारी राखिएको नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अर्जुनधारा नगरपालिकामा सभापतिबाहेक सबै पदाधिकारीका आकांक्षीहरुबीच सर्वसम्मत गरिएको छ ।
    नगर समितिमा प्रत्येक वडाबाट १ महिलासहित ३ गरी चयन हुने ३३ जना सदस्य र समावेशी कोटा अन्तर्गत चयन हुने २२ जना सदस्यका विषयमा ९० प्रतिशत कोटामा सहमति भइसकेको नेपाली कांग्रेस झापा प्रचार–प्रसाद विभागका संयोजक कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

    Advertisement

    आकांक्षीहरुका बीचमा भएको छलफलपछि उपसभापतिमा प्रशान्त भण्डारी र चतुर्भुज काफ्ले, सचिवमा इन्दिबर खड्का र मेदनी गुरागाई, सहसचिवमा इशान पौडेल र निरज दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
    उम्मेद्वारी घोषणा गरेर पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग पु¥याउने गंगा मैनाली, जीवन भण्डारी, भाष्कर भटराई, खेम अधिकारी र इन्द्र पौडेललाई पनि पार्टीका विभिन्न तहमा जिम्मेवारी दिन पहल गरिने हुमागाईले बताउनुभयो ।

    यसैबीच अर्जुनधारा नगर समिति सभापतिका लागि उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचार–प्रसार गरिरहेका हेमराज खरेल र भिष्म मिश्रबीच पनि सहमति गराउने पहल भइरहेको बताईएको छ ।

    सर्वसम्मत पदाधिकारी चयनपछि आयोजित भेलामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेतृत्वको विवेकले भ्याएसम्म सबैलाई न्याय दिएको बताउनुभयो । कांग्रेसलाई कमजोर बनाउन विपक्षीले अनेक झमेला र घुसपैठ गराउनसक्नेतर्फ सचेत रहन समेत नेता बुढाथोकीले सम्पूर्ण कार्यकर्तामा आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कार्यकर्ता एवं चुनावी प्रतिष्पर्धामा उत्रिएका नेतृत्वबीचको सहमति, सहकार्य एकता र मेलमिलापले  नजिकिएको स्थानीय, प्रदेश र संघीय तीनै तहका उम्मेद्वारले विजय प्राप्त गर्ने  धारणा राख्नुभयो ।

    झापाको अर्जुनधारामा सहमतिमै नेतृत्व चयन हुने र विभिन्न पालिकाहरुमा सहमतिमै नेतृत्व चयनको पहल जारी रहेको बताउँदै उहाँले लोकतान्त्रिक पद्धति अनुरुप प्रतिष्पर्धामा उत्रिएका नेतृत्वले प्रतिष्पर्धी भावना नराखी  पार्टीलाई एकढिक्का बनाउन आह्वान समेत गर्नुभयो ।

    नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य दीपक तामाङ, महाधिवेशन प्रतिनिधि पुष्प ओझा, राजकुमार बराइली लगायतको उपस्थिति रहेको थियो ।

    यसैबीच असोज ९ बाट शुरु हुने निर्वाचनमा लागि मेचीनगरको धुलाबारी मा.विमा निर्वाचन केन्द्र तय गरिएको छ । यसैगरी बुद्धशान्तिमा नेपाली कांग्रेस गाउँ समितिको कार्यालय बुधबारे, अर्जुनधाराको ने.कां. नेपाली कांग्रेस नगर समितिको कार्यालय अर्जुनधारा–७, विर्तामोडको महेन्द्र रत्न मा.वि, भद्रपुरमा एन.सि.डि.सी भवन भद्रपुर, कचनकबलमा सुकुनाढिकी सामुदायिक भवन पथरिया,  हल्दिबारीमा जयदुर्गा मन्दिर हल्दिबारी–४, बाह्रदशीमा जेष्ठ नागरिक भवन, कनकाईमा उद्योग बाणिज्य संघको सभाहल, शिवसतासीमा राष्ट्रिय रमणीय मा.वि. शिवसतासी, कमल गाउँपालिकामा नेपाली कांग्रेस गाउँ समितिको कार्यालय, दमकमा दिपिनी मा.वि. दमक–५, गौरादहमा गौरादह बहुमुखी क्याम्पस र गौरीगञ्जमा गौरीगञ्ज क्याम्पसलाई मतदान स्थल तय गरिएको मतदान अधिकृतहरुले जनाएका छन् ।

    क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने यसपटकको निर्वाचनमा झापाबाट तीनहजार तीनसय ६८ जनाले मतदान गर्नेछन् । गाउँ एवं नगरपालिकाको निर्वाचनका लागि सभापतिको उम्मेद्वार हुन क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनुपर्नेछ भने पदाधिकारी तथा सदस्यमा क्रियाशील सदस्यले पनि उम्मेद्वारी दिन पाउनेछन् । तर क्रियाशील सदस्यहरुले पदाधिकारी र सदस्यमा उम्मेद्वारी दिएपनि मतदान गर्ने अधिकार भने प्राप्त छैन ।

    यसपटकको निर्वाचनमा सबैभन्दा बढी मेचीनगरमा–४९६ क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् भने हल्दिबारीमा सबैभन्दा कम ११० जनाले मतदान गर्नेछन् ।

    यसैगरी बुद्धशान्तिमा १३७, अर्जुनधारामा २४४, विर्तामोडमा २८०, भद्रपुरमा २३९, कचनकबलमा १६५, बाह्रदशीमा १६०, कनकाई १८६, शिवसतासीमा ३६८, कमलमा १३७, दमकमा ३२६, गौरादहमा २४६, गौरीगञ्ज १२६ जनाले मतदान गर्नेछन् ।

    कार्यसमितिमा सबैभन्दा बढी मेचीनगरमा– सातजना पदाधिकारीसहित ८२ जना र सबैभन्दा कम हल्दिबारीमा ३२ जना निर्वाचित हुनेछन् ।

    यसपटकको निर्वाचनमा सभापति–१, उपसभापति–२, सचिव–२, सहसचिव–२ र क्रियाशिल सदस्य र वार्ड संख्याको आधारमा सदस्य निर्वाचित हुनेछन् भने कोषाध्यक्ष निर्वाचित सदस्यमध्येबाट मनोनयन गरिने कांग्रेसको विधान छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.