• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

क्षेत्रीय प्रतिनिधि भेट्दै कांग्रेस उम्मेद्वार, सिटौलाको सातबुँदे संकल्प


  •    संवाददाता/ सोमबार, भदौ २८, २०७८  

  • विर्तामोड । नेपाली कांग्रेसको आसन्न गाउँ÷नगर अधिवेशनका लागि उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारहरुले  क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् ।

    यसपटकको निर्वाचनमा गाउँ÷नगर कार्य समिति चयनका लागि क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने कार्यविधि पार्टीले पारित गरेपछि नेतृत्वका आकांक्षीहरुले कार्यकर्ता भेटघाटलाई तीब्र बनाएका हुन् ।

    Advertisement

    कार्यकर्ता भेटघाटकै क्रममा नेपाली कांग्रेस विर्तामोड नगर समितिका सभापति एवं आगामी कार्यकालका लागि सभापतिका उम्मेद्वार भोजराज सिटौलाको प्यानलले झापा क्षेत्र नं–५ का क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रम आज सम्पन्न गरेको छ ।

    Advertisement

    जेष्ठ क्षेत्रीय प्रतिनिधि पुष्पलाल चौधरीको अध्यक्षता र भोजराज सिटौलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै नगर सभापति भोजराज सिटौलाले शनिश्चरे मा.वि.मा अध्ययन गदागर्दै आफू ने.वि.संघबाट राजनीतिमा प्रवेश गरेको जानकारी दिदै पार्टीको नीति, सिद्धान्त र विचारप्रतिको आफ्नो प्रतिबद्धता र अहिलेसम्मको राजनीतिक योगदानको मूल्याङ्कन गरेर आफ्नो प्यानललाई विजयी गराउन आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेस विर्तामोड नगर समितिको भवन निर्माणका लागि लगभग २ करोड मूल्यको जग्गा जोडेको बताउँदै उहाँले आगामी कार्यकालमा पार्टी कार्यालय निर्माण गर्ने योजना सुनाउनुभयो ।

    राजनीतिमा लागेर आफूले अहिलेसम्म कुनै लाभ नलिएको स्पष्ट पार्दै उहाँले आफू जीवनभर नेपाली कांग्रेस पार्टी र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता  जनाउनुभयो ।

    सिटौलाको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार सूर्य कन्दङ्वा र राजकुमार राजवंशी, सचिवका उम्मेद्वार उत्तम खनाल र दिवाकर प्रसाई, सहसचिवका उम्मेद्वार रमेश चौधरी र दिनेश पराजुलीले आ–आफ्नो राजनीतिक योगदानबारे बताउँदै आफूहरुको प्यानललाई विजयी गराउन आग्रह गरेका थिए ।

    सिटौला नेतृत्वको प्यानलले आगमी दिनमा गुटरहित ब्यवस्थित र एकताबद्ध कांग्रेसको परिकल्पना, स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्वारलाई बहुमतसहित निर्वाचित गराउने सुनिश्चितता, पार्टीको नगर कार्यालय भवन निर्माण, पार्टीमा समान सहभागिता र समावेशिताको अनुभुति गराउने, आम नागरिकको दुःखसुखमा साथ र सहयोगको प्रतिबद्धता, युवा तथा देलकुद क्षेत्रको विकास र लोकतान्त्रिक गणतन्त्र एवं संविधान बजबुद बनाउने संकल्प प्रस्ताव अघि सारेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.