• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बीपी प्रतिष्ठानमा आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघर्ष समितिको चेतावनी


  •    संवाददाता/ बिहिबार, भदौ १७, २०७८  

  • १७ भदौ, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

    प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका परीक्षा बाहेक अन्य सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

    Advertisement

    जुनियर रेसिडेन्टका अध्यक्ष डा. पदम नेपालीले भने, ‘हामीले लगातार आन्दोलन गरेपछि सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गर्‍यो, प्रतिवेदन सार्वजनिक गर्‍यो, वार्ता टोली बनाएर हामीसँग सहमति पनि गर्‍यो । तर, कार्यान्वयन गर्न भने चासो दिएको छैन । कार्यान्वयन गर्नका लागि दबाब हो यो ।’

    Advertisement

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा। बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन भएको कार्यदलले धरान पुगेर आन्दोलनरत समूह, पदाधिकारी, विभागीय प्रमुखसँग छलफलपछि गरेपछि साउन १९ गते प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमशः खस्कँदै गएको, प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दै गएको, प्राज्ञिक क्षेत्र तथा कर्मचारीको वृत्तिविकास रोकिएको स्वायत्तता हस्तक्षेप हुन थालेको, पदाधिकारीबीच असमझदारी बढेको लगायतको समस्या देखिएको उल्लेख गरेको छ ।

    स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले समेत सोही प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो । सहमति भएको ३० दिन बितिसक्दा पनि कार्यान्वयन नभएपछि संघर्ष समितिले गत शुक्रबार एकहप्ते अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शुक्रबार सकिने र आइतबारदेखि थप कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

    गत बिहीबार प्रतिष्ठानका रजिष्ट्रार प्रा। डा। मोहनचन्द्र रेग्मीले सरकारले गठन गरेको छानबिन समितिलाई सहयोग पुगोस्, प्रतिष्ठान शुद्धीकरणको अभियानमा टेवा पुगोस् भन्दै प्रतिष्ठानका रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मीले राजीनामा दिएका थिए ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरणको माग गर्दै संयुक्त संघर्ष समिति विगत ८० दिनदेखि आन्दोलन गर्दै आएका छन् । समितिमा प्रतिष्ठानका सम्पूर्ण पेशागत हकहितका संगठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी सहभागी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.