• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनआरएनए अमेरिकाले पठाएको सवा तीन करोडको सहयोग भोलि नेपाल आइपुग्दै


  •    संवाददाता/ सोमबार, भदौ १४, २०७८  

  • अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाएको छ । एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीको नेतृत्त्वमा संकलित स्वास्थ्य सामग्री अमेरिकी सेनाको सहयोगमा नेपाल ल्याउन लागिएको हो । यही सामग्री ल्याउने क्रममै अमेरिकी सेनाले नेपालका लागि हुने सहयोग नेपालसम्म पुर्याउने सहमति दिएको छ । एनआरएन अमेरिका र अमेरिकी रक्षा मन्त्रालय (सेक्रेटरी अफ डिफेन्स)बीच नेपलालाई सहयोग गर्ने सहमति भएको छ ।

    “एनआरएन अमेरिका र अमेरिकी (सेक्रेटरी अफ डिफेन्स)बीच महामारी र आपद विपदको समयमा नेपाल र नेपालीलाई सहयोग गर्ने सहमति भएको छ,” एनआरएन अमेरिकाका अध्यक्ष सुवेदीले भने, “सहमति भएको दुई सातामा नै गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्याउने लक्षमा करिव तीन करोड १६ लाख नेपाली रुपैयाँबराबरको स्वास्थ्य उपकरण र सामग्री नेपाल ल्याइएको छ ।” शुक्रवार अमेरिकाको युटाह राज्यको साल्ट लेक सिटीबाट ९ हजार ६१० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामग्री लिएर अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भरेको छ ।

    Advertisement

    एनआरएनए अमेरिका र अमेरिकाको सेक्रेटरी डिफेन्स अन्तरगत अमेरिकी सेना मार्फत सहयोग सामग्री ढुवानीमा सहमति भएपछि अमेरिकी सेनाको जहाजले शुक्रवार स्वास्थ्य उपकरण र सामग्री लिएर नेपाल उडान भरेको हो । मंगलबार स्वास्थ्य सामग्री नेपाल आइपुग्ने छ । अध्यक्ष सुवेदीले आगामी दिनमा आपत्–विपदको समयमा गैरआवासीय नेपाली संघ अमेरिकाले अमेरिकी सेनाको जहाजमा सहयोग सामग्री नेपालसम्म निःशुल्क ढुवानी गराउन सक्ने गरी सहमति भएको जानकारी दिए । “यो सहमतिसँगै प्रारम्भ भएको निःशुल्क ढुवानी गैरआवासीय नेपाली संघ अमेरिकाको नेपाल र नेपालीको सहयोग अभियानका लागि कोसे ढुङ्गा साबित भएको छ,” एनआरएन अमेरिकाका प्रवक्ता तोया दहालले भने ।

    Advertisement

    यो सहमतिका लागि गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी र कोषाध्यक्ष राजीव श्रेष्ठले सेक्रेटरी अफ डिफेन्सलाई पत्राचार गरेका थिए । सेक्रेटरी अफ डिफेन्सका तर्फबाट युटाह नेशनल गार्ड स्टेट पार्टनरसिप कार्यक्रमका निर्देशक मेजर जनरल वीलियम के बेइसिन्जरले काम गरेका थिए । गैरआवासीय नेपाली संघ अमेरिकाको सबै पक्षबाट अनुसन्धान गरेपछि सेक्रेटरी डिफेन्सले नेपाल र नेपालीलाई आपत विपद र महामारीमा सहयोग गर्ने गरी सहमति गरेको हो ।

    एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिकी रक्षा मन्त्रालायसँग भएको सहमतिलाई महत्त्वपूर्ण सफलता भनेका छन् । सुवेदीले भने “अब एनआरएनए अमेरिकाले आपत–विपद र महामारीमा अमेरिकाको सेक्रेटरी अफ डिफेन्स अन्तरगतको सहयोग कार्यक्रमबाट निःशुल्क सहयोग सामग्री नेपाल पठाउन सक्ने छ ।” अमेरिकाबाट नेपालसम्मको ढुवानी खर्च नै धेरै महँगो भएका कारण यो सहमतिलाई महत्त्वपूर्ण मान्नुपर्ने उनको भनाइ छ ।

    अमेरिकी सेना र नेपाली सेनाबीच लामो समयदेखि दुई पक्ष सम्बन्ध भए पनि नेपालमा जनस्तरमा सहयोग गर्ने काममा भने सेक्रेटरी अफ डिफेन्सको यो स्तरको समझदारी कायम हुन सकेका थिएन । गैरआवासीय नेपाली संघ अमेरिका पूर्वअध्यक्ष केशव पौडेलका अनुसार विपदमा नेपाललाई सहयोग गर्न चाहँदा अव सहज अवस्था निर्माण भएको छ ।

    “यो सहमतिले महामारी र विपदमा नेपालमा सहयोग गरौँभन्दा अब धेरै सजिलो भयो,” डा। पौडेलले भने, “२०१५ सालको महाभूकम्पमा ढुवानी गर्न खर्च धेरै लागेर अमेरिकाबाट चाहे जति सहयोग पठाउन गाह्रो भएको थियो ।” उनले त्यस्ता जटिलताका बावजुद त्यस बेला एनआरएनए अमेरिका र अमेरिकामा रहेका अरू नेपाली संघ संस्था र परिवारले नेपालमा १० अर्बभन्दा बढीको सहयोग पठाइएको बताए ।

    गैरआवासीय नेपाली संघ अमेरिकाले अक्सिजन कन्सन्ट्रेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठूलो परिमाणमा एन–९५ मास्क, केएन–९५ मास्क २ हजार १०८ बक्स, ठूलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, स्वाव टेस्टर, सी प्याप उपकरण १५ बक्ससहित पाँच प्यालेटमा ९ हजार ६१० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामग्री नेपाल पठाइएको जनाएको छ ।

    स्वास्थ्य उपकरण र सामग्री अगष्ट ३१ तारिख नेपाल पुग्ने छ । नेपाल र नेपालीलाई कोभिड महामारीविरुद्धको अभियानमा सहयोग स्वरूप पठाइएका स्वास्थ्य उपकरण र सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्न गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी काठमांडौ आएका छन् । अध्यक्ष सुवेदीले गैरआवासी नेपाली संघ हमेरिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सबै सामान हस्तान्तरण गर्ने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.