बिर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित भगवानचोकमा आईतबार बस र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जना घाईते भएका छन् । घाईतेमध्ये एकको अवस्था गम्भिर रहेको छ ।
आईतबार बिहान ११:०५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २८९४ नंबरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे २ प १२९५ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार चालक गौरादह ४ का ३० बर्षीय खेमराज घिमिरे र पछाडि सवार ५० बर्षीया कृष्णमाया दाहाल घाईते भएका छन् ।
घाईते दुवैको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचार भईरहेको छ ।
Advertisement
घाईतेमध्ये कृष्णमायाको अवस्था गम्भिर रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो । उनको टाउको र अनुहारमा चोट लागेको छ । बस र चालकलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएकोछ ।







