• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोठामा सम्झनाको मात्र एउटा तस्वीर


  •    सरोज पौडेल/ आइतबार, साउन १०, २०७८  

  • सरोज पौडेल

    झापा । दुर्घटना र युद्ध सबैको लागि अप्रिय हुन्छ । असार २५ गते कालो दिन भयो झापा बिर्तामोड बासीका लागि । त्यस दिन दिउँसोको समय सबै आ आफ्नै काममा व्यस्त भएको बेला यस्तो एउटा अकल्पनीय घटना सामाजिक संजालमा छरपस्ट भयो ।

    Advertisement

    ज्ञानुराम प्रसाइको सवारी दुर्घटनामा निधन समाचारको मुख्य शिर्षक बन्यो । अन्ततः कन्काई आर्यघाटमा त्यसैदिन साँझको समयमा यो लोकबाट सबैका प्रीय ज्ञानुलाई अनन्त अश्रुधारासँगै बिदा गरियो ।

    Advertisement

    २६ गते बिहानबाट परिवारले दशगात्र कर्ममा जुट्दै गर्दा झापाली सर्जक हरि दाहाल आफ्नो कुचीहरु क्यानभासमा खेलाउन थाल्नु भयो ।

    यसै क्रममा म लगायत केही व्यक्तिले पनि बन्दै गरेको तस्वीरलाई अवलोकन गरियो । ज्ञानुको तस्वीर बन्दै थियो, केहि भाव झल्कदै थियो । सर्जक दाइ हरि दाहालसँग बसेर छलफल भयो र तेह्रौं दिनमा परिवारलाई हस्तान्तरण गर्ने कुरा भयो । यसै बिचमा व्यक्ति, सामाजिक संघ सस्था, संगठनले समबेदनाको लागि सामाग्री माग्न थाल्नु भयो अनि सम्झिएँ यी समवेदनाका शब्द र ठुला फ्रेम सहितका रङ्गिन तस्वीरले परिवारलाई पार्ने पिडालाई ।

    त्यसपछि प्रसाईं परिवारमा सल्लाह गरेँ समवेदका फ्रेम होईन पबित्र भावना लिएर आउन शुभ चिन्तकमा आग्रह गरौं भनेर । यो कुरामा सबै सहमत हुनु भयो । र पछि विभिन्न संचार माध्यममा समाचार पनि लेखियो । यो कुरा सुन्नेले सकारात्मक कामको थालनी भएकोमा पीडामा रहेका परिवारप्रती गहिरो समवेदना प्रकट गर्दै धन्यवाद पनि भने ।

    प्रत्येक दिन धेरै मानिसको मृत्यु हुन्छ समवेदना प्रकट गरिन्छ, सामाजिक धार्मिक चलन अनुसार मानो चामल लिएर जाने चलन छ । स्वभाबिक पनि हो तर ज्ञानु प्रसाईं प्रत्येक दिन सामाजिक संजाल पत्रपत्रीकामा चम्किलो तारा अस्ताएको चर्चा चलिरहयो । पत्रीका र अनलाइन मार्फत स्मरण गर्नेको संख्या बढ्यो ।

    धन कति थियो र छ थाहा छैन तर विशाल मन थियो, समाजका हरेक क्षेत्रमा ज्ञानुको योगदान थियो । लेख्नेहरुको लेख पढ्दा अझ प्रष्ट भएँ । पत्रकार इन्द्रसिहं राजवंशीको सहयोगमा प्रसाईको जिवनी र सम्बन्धलाई अझ केलाउन, बुझ्न पाइयो स्थानीय पत्रीका प्रतिदिन मार्फत ।

    प्रत्येक दिन समवेदना दिन आउने पार्टी पंक्ति, संगठन, संस्था सबैको बाक्लो उपस्तिथिले परिवारजनलाई केहि ढाडस मिलेको हुँदो हो ।

    एघारौं दिनको दिन बिर्तामोड २ का वडासदस्य दाइ किशोर पौडेलसँग भेट भयो र हामीले छलफल गर्यौँ प्रीय ज्ञानुको फोटोलाई सुरक्षित राख्न के गर्ने भनेर….

    त्यहीँबाट दाईले काठमाडौमा युवा संघ नेपालका केन्द्रिय सदस्य तथा निर्वाचन आयोगका सचीव दीपेन्द्र सिंखडालाई फोन गर्नु भयो । उहाँले भन्नू भयो मैले सामाजिक संजालमा हेरेँ हामीलाई ठुलो क्षति भयो हामी पनि आउछौं भनेपछि दाइ किशोरले एउटा आँखीझाल फ्रेम लिएर आउन आग्रह गर्नुभयो । त्यसको मूल्य झन्डै एक लाख पर्ने रहेछ (यहाँ पैसाको कुरा गर्न खोजेको होईन) तर दु:खको कुरा, खोजेको साईज नै पाइएन । सामाग्री नपाए पनि उहाँहरु आउने कुरा भयो । खेलकुद महासंघका केन्द्रिय सदस्य बिष्णु सापकोटा सहित आउनु भयो पनि ।

    बिर्तामोडमै सामान्य भए पनि सुहाउँदो किसिमको फ्रेम भेटियो र त्यसैमा फ्रेमिङ गरेर तेह्रौं दिनको दिन जिल्ला समन्वय समिति प्रमुख सोम पोर्तेल, उद्योग बाणिज्य संघ बिर्तामोडमा महासचिव अर्जुन मैनाली, किशोर पौडेल, निता घतानी, कैलाश प्रसाई झापा नाट्य घरका माधब कल्पित पत्रकार गोपाल काफ्ले, सर्जक हरि दाहाल युवा संघ जिल्ला प्रतिनिधि बद्री प्याकुरेल , केशव भण्डारीलगायत ५० जना जतिको उपस्थितमा श्रद्धाञ्जली सभा सुरु गरियो ।

    श्रद्धाञ्जली सभालाई अगाडि बढाउन मैले अग्रजहरुलाई आग्रह गरेँ तर मलाई नै जिम्मेवारी दिइयो र शुरु गरेँ । अगाडि उभिएर बोल्दै थिएँ, दिदी पबित्रा तिर मेरा आँखा गयो, आँखाबाट अविरल आँसु देखेपछि बोल्ने शब्द नै अड्कियो र अग्रजको हातबाट हस्तान्तरण गरि दाइ माधब कल्पितको जिम्मा दिएर पछाडि गएँ। आज १७ दिन भएछ दाइले यो संसार छोडेर जानू भएको र घरमा एउटा तस्वीर भित्तामा सजिएको छ । हेर्दा लाग्छ दाइ हामीसँगै हुनुहुन्छ । जति मन बुझाए पनि यो ध्रुवसत्य हो दाई तपाईं अब हामीसँग हुनुहुन्न, छन् त केवल पूरा हुन बाँकी तपाईंका सपनाहरु । धेरै मध्ये केही अवश्य पूरा गर्नेछौँ ।
    अलबिदा दाइ ज्ञानु …..

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.