• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रुप फेर्दै गरामनी बजार


  •    संवाददाता/ शुक्रबार, असार १८, २०७८  

  • बिर्तामोड । झापाका पुराना बजारहरु मध्ये एक हो गरामनी बजार, जुन अहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ ।

    शनिस्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी, भद्रपुर लगायतका बजारहरु २००७ साल अघिका बजार रहेको अग्रजहरु बताउँछन् ।

    Advertisement

    जस मध्ये पनि गरामनी बिकासको पर्खाइमा रहेको बजार हो ।

    Advertisement

    प्रत्येक दशैँको नहमीमा लाग्ने सानो मेला र एकादशीमा लाग्ने ठूलो मेलाले यसको महत्व अझ बढाएको छ । त्यति मात्र हैन शक्ति पिठको रुपमा रहेको दुर्गा मन्दिर र कृष्ण अष्टमीमा खेलाइने दधीकादोले पनि गरामनीको परिचय बोकेको छ ।

    दर्जनौ नेता जन्माएको यो ठाउँ बिकास हुन नसकिरहेको अवस्थामा अहिले आएर जनप्रतिनिधिको प्रयासमा रुप फेदै छ ।

    थोरै लगानी गरेर बिहान बेलुकाको छाक टार्ने आधा सय भन्दा बढि व्यापारी अहिले पनि त्रिपाल टाँगेर व्यापार गर्दै छन् ।

    उनीहरुरुकै लागि भनेर अहिले वडाको पहलमा नगरपालिकाको बजेटमा बजारको सम्पूर्ण भागमा अहिले टाली ओछ्याउने काम भैरहेको छ ।

    “ठूला व्यापारीले त सटर भाडामा लिएर व्यापार गरिरहेका छन्, एक काइयो केरा र दुइ मुठा साग बेचेर जिविको पार्जन गर्ने साना व्यापारीको लागि केहि राहत होस र भनेर कमसेकम हिलोको समस्या टरोस भनेर टाली ओछ्याउने काम गरिएको हो” बिर्तामोड नगरपालिका ८ का वडा अध्यक्ष अजय कार्कीले भने ।

    बिर्तामोड नगरपालिकाको १५ लाख रुपैया बजेटमा बजार भरि टाली ओछ्याउने काम भैरहेको छ ।

    तर, करिब १८ लाख रुपैयाको लागतमा उपभोक्ता समितिले यसको निर्माण गरिरहेको छ ।

    नपुगेको रकम कहाँबाट जुटाउने भन्ने तनाब पनि उपभोक्ता समितिमा छ । करिब १२ सय बर्गफिटमा पैmलिएको बजार र बिचबाट निकालिएको बाटोको सबैतिर काम भैरहेको छ ।

    “अपूग पैसाका लागि हामी नगरपालिकासँग कुरा गरिरहेका छौँ” गरामनी बजार निर्माण व्यवस्थापन समिती अध्यक्ष रणबहादुर मगरले भने, “पैसाले पुगे जति मात्रै काम गरौँ भन्दा पनि बजारमा सहमति भएन अहिले पैसाको समस्या देखिरहेको छ ।”

    हाललाई बजार मात्र हैन बजारको बिचबाट दक्षिण झर्ने बाटो स्तरोन्नतिको प्रतिक्षामा छ ।

    लामो समय स्थानिय तहमा जनप्रतिनिधी नहुँदा बिकास पर्खिएको बजार जनप्रतिनिधिको पहलमा व्यवस्थित भैरहँदा त्यसको नजिकैका बाटा, सार्वजनिक भवनको स्तरोन्नति र बजारको व्यवस्थापनमा पनि स्थानियले आशा गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.