• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा २० प्रतिशत रोपाइ, धान दिवसमा कचनकवलमा हिले दौड


  •    संवाददाता/ मङ्गलबार, असार १५, २०७८  

  • झापा । सरकारले धान सुपर जोन क्षेत्र घोषणा गरेको झापामा जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

    धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ जिल्ला कृषि ज्ञान केन्द्र झापाले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव दक्षिणी झापाको कचनकवल गाउँपालिका १ स्थित घेरावारिमा मनाएको हो ।

    Advertisement

    गणेश कृषि समूहको सहकार्यमा आयोजित रोपाई महोत्सवमा हिले दौड प्रतियोगिता सम्पन्न गर्दै सहभागीहरूले सामूहिक रोपाई गरेका थिए ।

    Advertisement

    हिले दौड प्रतियोगितामा महिलातर्फ भूमिका गणेश प्रथम, सङ्गीता गणेश द्वितीय, ललिता गणेश र रेणुका राजवंशी तृतीय भएका थिए भने पुरुषतर्फ लक्ष्मण गणेश प्रथम, अजय गणेश द्वितीय र प्रद्वग गणेश तृतीय भएका छन् ।

    प्रथम र द्वितीय हुने महिला तथा पुरुषलाई स्प्रे ट्याङ्की, प्राङ्गारिक मल, र तेस्रो हुनेलाई प्लास्टिकको त्रिपाल पुरस्कार स्वरूप दिइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निल कमल सिंहले बताए ।

    वैदेशिक रोजगारीका लागि युवाहरू विदेश जाने गरेका कारण खेतीपातीमा जनशक्ति अभाव हुन थालेपछि धान उत्पादन वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकहरूलाई कृषि औजारहरू अनुदानमा दिँदै आएको उनले बताए । जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती रहेको छ ।

    आर्थिक वर्ष २०७६ ०७७ मा ४ लाख ११ हजार २५० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस वर्ष ७ प्रतिशतले धान उत्पादन बढेको उनले बताए ।

    अब आउने आर्थिक वर्षमा धान उत्पादन झन् बढ्ने बताउँदै उनले भने -असार १ गतेदेखि नै जिल्लामा रोपाई सुरु भएकोले हालसम्म २० प्रतिशत रोपाई भइसकेको र एक हप्ताभित्र ४० प्रतिशतले रोपाइ बढ्ने छ ।

    जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षता तथा प्रदेश नम्बर १ का सांसद वसन्त बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम सहभागीहरूले राज्यले कृषिमा लगानी गर्ने र नारा तयार गरेर मात्र समृद्धि नआउनेमा जोड दिएका थिए ।

    राज्यले कृषकलाई प्रोत्साहन गर्नुका साथै उत्पादन वृद्धिमा सहयोग पुर्‍याउने खालको नीति तथा कार्यक्रम ल्याए मात्र कृषिमा समृद्धि आउने बताएका छन् । त्यस्तै जिल्लाका १५ वटा पालिकाले पनि स्थानीय कृषक समूहसँगको सहकार्यमा राष्ट्रिय धान दिवस मनाएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.