बिर्तामोड । झापाको कनकाई माई पूर्वी टत (कनकाई घाट) मा दुईजना बालकलाई लास पोल्ने काममा प्रयोग गरिदै आइएको छ ।
स्कुल जाने, खेल्ने, देश र विश्वको बारेमा बुझने उमेरका यि दुईजना बालकलाई घाटमा लास लिएर आउनेहरुले जानी, नजानी श्रम गराई रहेका छन् । घाट समितिले राखेको एकजना कर्मचारी योगराज धमलाले आर्थिक प्रलोभनमा पारेर यि बालकहरुलाई लास पोल्ने काममा लगाउने गरेको बुझिएको छ । यो बिषयमा घाट समिति भने अनविज्ञ रहेको पाईएको छ ।
विहान देखि झमक्कै साँझ परुन्जेल कहिले राती सम्म एक पछि अर्को गरि ल्याईने लास जलाउने क्रममा चिता बनाउने, डढदै गरेको लाख घोच्ने, चिता पखाल्ने लयागत आईपर्ने सबैकामहरु यि दुई बालकले गर्दै आएका छन ।
दैनिक दुई चारसयको लोभमा परेर सधै काममा व्यस्त हुने यि बालकहरु टाढाका नभएर कनकाई नगरपालिका भित्रकै हुन् । स्थानिय चौधरी र हेमरम थरका दुई बालकहरुको कडाश्रम देखेर उनिहरुकोे भविष्यलाई सम्झेर धेरैजना झस्किने गरेका छन् ।
घाटमा आउने मलामीहरु मध्ये बाल अधिकारबारे जानकारहरु भन्ने गर्छन्, किन यसरी कानुन विपरित बालकहरुलाई काममा लगाएको हो ? त्यो पनि लास पोल्ने काम ? भन्दै चिन्ता व्यक्त गर्ने गरेका छन् । धेरैले र्फुक्याई र्फुक्याई भाई यो काम गर त्यो काम गर भनेर काम लगाउने गरेको स्थानिय कवी प्रसाई बताउछन् ।
कनकाई नगरपालिका सुशासनको क्षेत्रमा देशमै उत्कृष्टमा पर्न सफल नगर हो । कनकाई घाट समितिमा झापाका लव्धप्रतिष्ठित, समाजसेवीहरु रहेका छन् । यस्तो ठाउँमा यसरी कानुनलाई वेवस्था गरेर बालकहरुलाई श्रममा लगाएको सम्बन्धित निकायले किन नदेखेको भन्दै यस्तो दृष्यले आफूलाई असहज बनाएको त्यहाँ पुगेका एक मलामीले बताए । बालबालिका सम्बन्धि १० परिच्छेद बनेको छ, ८७ वटा बुदाको ऐन बनेको छ । कनकाई घाटमा भने त्यो ऐन कार्यनयन हुन सकेको छैन । :आमसञ्चार







