झापा। झापाको दमकबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक–६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वू र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरि ल्याएको स्थान खुल्न आएसगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरी बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरुको घरमा गई खानतलासी गर्दा बिक्रमको कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।
पक्राउ परेका चारै जना विरुद्ध ईलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।







