ईलाम । इलामको रोङ गाउपालिकाले आगामी आर्थिक बर्षको लागि ४४ करोडको बजेट सोमबार गाउसभामा प्रस्ताब गरेको छ ।
गाउपालिकाको ११ औ गाउसभामा उपाध्यक्ष चन्द्रकला राईले ४४ करोड १८ लाख ८१ हजार ५ सय रुपैया बराबरको बजेट प्रस्ताब गर्नुभएको छ ।
सभामा प्रस्ताब गरिएको बजेट अनुसार आम्दानी तर्फ समानीकरण अनुदान तर्फ रु ९ करोड ७७ लाख ९५ हजार रुपैया, समपुरक अनुदान तर्फ २ करोड ६ लाख, राजस्व बाडफाड तर्फ ७ करोड १ लाख ५ हजार रुपैया अनुमान गरिएको छ ।
त्यसैगरी ससर्त अनुदान तर्फ १८ करोड ९ लाख ५० हजार आन्तरिक श्रोत तर्फ १ करोड ३० लाख, र भूमि सुकुम्बासी राजस्व रु १ करोड आम्दानी हुने अनुमान गरिएको छ ।
त्यस्तै गत बर्षको अल्या भइ आउने ४ करोड ९४ लाख ३१ हजार ५सय रुपैया समेत गरी ४४ करोड अठार लाख एकासी हजार ५ सय रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।
त्यसैगरी खर्च तर्फ ससर्त अनुदानमा १८ करोड ९ लाख ५० हजार, पुजीगतमा १७ करोड ८० लाख ३१ हजार ५ सय रुपैया र चालु खर्च तर्फ ८ करोड २९ लाख रुपैया हुने आय ब्यय बिवरणमा देखाइएको छ । आज सोमबारको बैठकले केही कार्यबिधि तथा थप निर्णयहरु पनि पारित गरेको छ ।
सभाले न्यायिक समिति सञ्चालन कार्यबिधि सम्बन्धी बिधेयक, कार्यपालिकाको चालु आर्थिक बर्षको सबै निर्ययहरु समेत सभाको बैठकले सर्बसहमत पारित गरेको थियो ।
गाउपालिका अध्यक्ष समसेर राईको अध्यक्षतामा बसेको बैठकले आगामी अर्थिक बर्षको नीति तथा कार्यक्रम छलफल पछि पारित गरेको छ । गाउसभाको अर्को बैठक असार १५ गते मंगलबार दिनको ११ बजे बस्ने कार्यक्रम रहेको छ । हिजोको गाउसभाको आगन एफ एम बिर्तामोड र रेडियो फिक्कल इलामले प्रत्यक्ष प्रशारण गरेको थियो ।








