• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पौैडेलको भागमा चार मन्त्रालय


  •    संवाददाता/ बिहिबार, असार १०, २०७८  

  • असार १०,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव विष्णु पौडेलले अर्थ, गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा मौजुदा चार मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै पौडेललाई चार मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    Advertisement

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् ।

    Advertisement

    मंगलबार सर्वोच्च अदालतले २१ र २७ जेठमा प्रधानमन्त्री ओलीले विस्तार गरेको मन्त्रिपरिषद्लाई अमान्य ठहर गर्दै २० मन्त्रीलाई पदमुक्त गरेको थियो । प्रतिनिधिसभा विघटनअघि नै मन्त्री भएका पौडेल, नेम्वाङ, लीलानाथ श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ मात्र ओलीको मन्त्रिपरिषद्मा मौजुदा थिए ।

    संघीय मन्त्रिपरिषद्मा २५ मन्त्रालय छन् । यीमध्ये ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राख्दै बाँकी १९ मन्त्रालयको जिम्मेवारी चार जना मन्त्रीलाई दिएका हुन् । प्रतिनिधिसभा विघटित रहेको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न सक्ने संवैधानिक व्यवस्था नरहेकाले ओलीले मन्त्रिपरिषद्मा बाँकी मन्त्रीको जिम्मेवारी थपेका हुन् ।

    सर्वोच्चको आदेशले २० मन्त्रीको पद गुमेसँगै सरकारमा मन्त्रीको संख्या कम भएपछि आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न र आसन्न निर्वाचनको तयारीमा जुट्न चुनौती रहेको सत्तारुढ नेकपा एमालेका नेताहरुको ठम्याइ छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.