काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
उनले एमाले, पूर्व माओवादी समूह र जसपाका समेत नेता समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । यसको लागि ओलीले बिहान बालुवाटारमा नेताहरुसँग छलफल भएको छन् । छलफलमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योगमन्त्रीमा जसपाका राजकिशोर यादव लगायतको चर्चा भएको छ ।
‘नेताहरुसँगको छलफलमा एउटा सूची बनेको छ, प्रधानमन्त्रीले त्यसलाई फाइनल गर्दै हुनुहुन्छ’ एक नेताले भने । यस्तै गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, नारदमुनि रानालाई वनमन्त्री, ज्वालाकुमारी साहलाई कृषि, मोहन बानियाँलाई विनाविभागीय र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी छ ।
Advertisement







