अर्जुनधारा । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रा . स शनिश्चरेको मोटिभेसनल कक्षा सम्पन्न भएको छ ।
दुर्व्यसनी त्यागौँ , सेवामुखी बनौँ भन्ने परिषदको मुल नारा लाई मध्यनजर गर्दै माहामारी बाट मानिसको सोचाईमा पर्नसक्ने नकारात्मक असरबाट जोगिनकालागी आवश्यक ज्ञान दिन प्रा.स शनिश्चरेले आयोजना गरेको कार्यक्रम हिजो सम्पन्न भएको हो ।
कार्यक्रमका बारेमा प्रा.स शनिश्चरेका अध्यक्ष खड्ग बिष्टका अनुसार “हाम्रो समाजमा कोरोना भाईरसको संक्रमण बाट ज्यान गुमाउनेको र संक्रमित हुनेको संख्या सरकारले जारी गरेको निषेधाज्ञा संगै कम हुदै गएको भएपनि अझै कोरोना भाईरसको भय कायमै रहेको कारण मानिसको सोचाईमा गहिरो असर देखिने भएकाले त्यसबाट जोगिन यस कक्षाले सहयोग पुग्ने छ भन्ने सोचका साथ कार्यक्रमको आयोजना गरिएकोे बताएका छन् “।
कार्यक्रम प्रारम्भिक समिति शनिश्चरेका अध्यक्ष खड्ग बिष्टको अध्यक्षता र श्री कृष्ण प्रणामी युवा परिसद झापाका दिपक दिनेश दाहालको सम्योजनमा सम्पन्न भएको हो ।
श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय अध्यक्ष नमराज ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशेष अतिथि हरु प्रणामी सत्संग सेवा परिषद झापा जिल्ला अध्यक्ष मिलन बस्नेत, प्रणामी युवा परिषद नेपालका केन्द्रिय निबर्तमान अध्यक्ष मात्रिका प्याकुरेल, केन्द्रिय उपाध्यक्ष यज्ञराज ढकाल, जिल्ला समिति झापाका अध्यक्ष सुवास रिजाल र जिल्ला समिति झापाका उपाध्यक्ष टहलदास ओलीको उपस्थिति रहेको थियो ।
निउरो लिंगुईस्टिक प्रोग्रामीङ्ग मास्टर प्राक्टिसनर तथा क्यानभास वेब टेक्नोलोजि एन्ड मिडिया का कार्यकारी प्रमुख प्रदिप बिष्टको सहजिकरणमा भएको कार्यक्रममा दिपक दिनेश दाहाल , नमराज ढकाल , मिलन बस्नेत, मात्रिका प्याकुरेल, सुवास रिजालको शुभकामना मन्तव्य रहेको आयोजकले जनाएको छ ।
सय बढी सहभागीहरुको सहभागीतामा सम्पन्न भएको भर्चवल माद्ययमबाट गरिएको कार्यक्रममा सहभागीको तर्फबाट बिनोद सुवेदी र प्रदिप भट्टराईले आफनो धारणा राखेका थिए । प्रा. स शनिश्चरेका अध्यक्ष खड्ग बिष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रा. स शनिश्चरेका सचिब दिपेश पनेरुले गरेका थिए ।







