• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगर अस्पताललाई ५० थान सिलिण्डर हस्तान्तरण


  •    संवाददाता/ बुधबार, जेठ १९, २०७८  

  • झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगर अस्पताललाई आज अक्सिजनसहितका ५० थान सिलिण्डर हस्तान्तरण गरेको छ । पार्टीका विभिन्न तहका नेता कार्यकर्ताहरुसहित अन्य दाताहरुबाट संकलित रकमबाट काठमाडौंबाट खरिद गरी हिजो ल्याइएका सिलिण्डर आज बिहान बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

    नेकपा एमाले प्रदेश १ कमिटीका अध्यक्ष देवराज घिमिरेको हातबाट बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई उक्त अक्सिजन सिलिण्डरहरु हस्तान्तरण गरिएको हो ।

    Advertisement

    सो कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष घिमिरेले नेकपा एमालेले राजनीतिलाई मात्र सधैं केन्द्रमा राखेर हिड्नको साटो समुदायमा परेको आपत विपतमा सकेसम्म सहयोग गर्दै आएको बताए । समाजप्रतिको उत्तरदायित्वमा आफ्नो पार्टीका कार्यकर्ताहरु सधैं अग्रसर हुने गरेकाले यस्ता महामारीहरुमा रचनात्मक योगदान पुर्याएको उनको भनाई थियो ।

    Advertisement

    यस्तै कार्यक्रममा नगरप्रमुख शिवाकोटीले अक्सिजनजस्तो प्राणवायु बोक्ने सिलिण्डर र अक्सिजन उपलब्ध गराउने मानवीय मन भएका एमाले कार्यकर्तासहित सबै दाताहरुलाई धन्यवाद ज्ञापन गरे । उनले नगरपालिकाको पहलमा बिर्तामोडमा सुविधा सम्पन्न नगरअस्पताल सञ्चालनमा ल्याइएकाले अब उपचार नपाएर बिर्तामोडबासीले अकालमै मर्नु नपर्नेमा आश्वस्त पारे ।

    एमाले बिर्तामोड नगरकमिटीका सचिव सुवास भट्टराईले सञ्चालन गरेको उक्त अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्की, नगर उपप्रमुख पवित्रा महतरा प्रसाई, प्रशासकीय अधिकृत देवराज कार्की, नगर अस्पतालका डाक्टर तथा नर्सहरु, कोभिड फोकल पर्सन ओम खड्का लगायतको सहभागिता थियो ।

    एमाले बिर्तामोड नगरकमिटीका सचिव भट्टराईका अनुसार नगर अस्पताललाई ५० वटा अक्सिजनसहितको सिलिण्डर प्रदान गर्नका लागि पार्टीले सहयोग संकलन अभियान संचालन गरेकोमा सयवटा सिलिण्डरको रकम संकलन भएको थियो । विभिन्न दाताहरुले करिब १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेकोमा १३ लाख उठिसकेको र २ लाख उठ्न बाँकी रहेको भट्टराईले जानकारी दिएका छन् ।

    अक्सिजनसहितको ५० वटा सिलिन्डर हस्तान्तरण पछि करिब ६ लाख ५० हजार रुपैयाँ बचत रहेकाले नगरकमिटीको निर्णयमा महामारीबाट प्रभावितहरुकै लागि सो रकम खर्च गर्ने उनको भनाई छ । सो पार्टीले अक्सिजनको सिलिन्डर प्रतिगोटा १६ हजार रुपैयाँमा खरिद गरेको जनाएको छ भने २०० रुपैयाँ प्रतिगोटा ढुवानीमा र अक्सिजन फिलिङ गर्न ७०० रुपैयाँ प्रतिगोटा खर्च लागेको जनाइएको छ ।

    बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा तत्कालका लागि कोरोना संक्रमितहरुको उपचारमा लगाउन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको एमाले नगरकमिटीका अध्यक्ष उमानाथ ओलीले जानकारी दिएका छन् । नगरपालिकाले यसअघिदेखि नै अनारमनी स्वास्थ्य चौकी भवनमा अक्सिजनसहित ५ शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

    बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी ५० शैय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.