जेठ १८,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । संवैधानिक इजलास गठन सम्बन्धमा न्यायिक नेतृत्वमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका हुन्।
प्रधानन्यायाधीश राणाले दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि इजलासमा रहेका चार न्यायाधीशसँग सोमबार पनि छलफल गरेका थिए ।
न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर कानुन व्यवसायीहरुले इजलासमै प्रश्न उठाएका थिए ।
Advertisement







