• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निवर्तमान सांसद साँवाको पहलमा अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण


  •    संवाददाता/ शनिबार, जेठ ०८, २०७८  

  • ८ जेष्ठ, झापा । एमाले नेता एवम् निवर्तमान प्रतिनिधिसभा सांसद एलपी साँवा लिम्बुको पहलमा झापाका अस्पताल र स्थानीय तहलाई शनिबार अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    झापाको मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई नगरको सुरुङ्गा स्वास्थ्य केन्द्र र शिवसताक्षी नगरपालिकालाई साँवाको पहलमा अक्सिजन सिलिन्डर २५ थान ( मेची अस्पताल भद्रपुरलाई १५ थान र स्वास्थ्य केन्द्र सुरुङ्गालाई १० थान ), आरटी पीसीआर कीट , सेफ्टि चस्मा, पिपिई सेट , सर्जिकल मास्क , एन नाइन्टि फाइव मास्क , सेनिटाईजर , आई आर थर्मोमिटर , डिजिटल थर्मोमिटर , फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

    Advertisement

    एमाले नेता साँवाको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग , सामाजिक विकास मन्त्री उषाकला राई र प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख शम्भु शाहाद्वारा प्राप्त उक्त सामग्री शनिवार कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा साँवाका प्रतिनिधि तथा नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष धनबहादुर थेवेले हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    मेची अस्पतालको सामग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले कोभिड महामारीको अवस्थामा आफु निर्वाचित क्षेत्रमा मात्रै नभई झापाका सबै जनताको अभिभावकको जिम्मेवारी लिँदै मेची अस्पताललाई समेत स्वास्थ्य सामग्री जुटाएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
    त्यसै गरि आजैबाट अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याएको कनकाई नगरको सुरुङ्गा स्वास्थ्य केन्द्रलाई प्राप्त स्वास्थ्य सामग्रीले धेरै ठूलो सहयोग मिलेको र यसबाट धेरै नागरिकको ज्यान बचाउन सकिने भन्दै कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले साँवाको मुक्त कण्ठले प्रशंसा गरेका छन् । यसै बिच कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सवै शैय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै संक्रमितलाई स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श सेवा संचालन र कोरोना सम्वन्धि आवश्यक परामर्शका लागि २४ सै घण्टा सेवा उपलव्ध गराउन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर मनिष तिमल्सिना ,डाक्टर अभिषेक नायकसहित अन्य २० जना स्वास्थ्यकर्मीबाट आलोपालो गरेर सेवा प्रदान गर्ने गरी जिम्मेवारी दिइएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    उक्त स्वास्थ सामग्री काठमाडौंबाट राष्ट्रिय युवा संघ सचिवालय सदस्य मिलन कट्टेल सहितको टोलीले झापा ल्याएको हो । हस्तान्तरण कार्यक्रममा जोखिमका बिच पनि निरन्तर समाचार संकलनमा खटिएका पत्रकार समेतलाई पिपिई सेट , सर्जिकल मास्क र सेनिटाईजर प्रदान गरिएको छ भने हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद हिरा थापा , पूर्व संसद तारा सम्हाम्फे , झापा जिल्ला समन्वय समितिका प्रमुख मेची अस्पतालका अध्यक्ष पोर्तेल , झापा जिल्ला जनस्वास्थ्य प्रतिनिधि कोभिड फोकल पर्सन जीवन चौलागाईं , कनकाई नगर प्रमुख , उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.