झापा । नेकपा एमालेका सांसदहरुको पुरानो हस्ताक्षरलाई नेता माधवकुमार नेपालले दुरुपयोग गरेको सांसद पबित्रा निरौला खरेलले बताउनु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुनै पुरानो हस्ताक्षर प्रयोग गरी दुरुपयोग गरेको हुनसक्ने हस्ताक्षर प्रयोग भएका सांसदहरुले बताएका छन् । उनीहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने कुनै कागजमा हस्ताक्षर नगरेको उल्लेख गरेका छन् ।
झापा क्षेत्र नम्बर दुई बाट संघीय सांसदमा निर्वाचित एमाले नेता खरेलले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताउनु भएको हो । समय संजाल संग कुरा गर्दै सांसद खरेलले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताउनुभयो ।
खरेलले भन्नुभयो– ‘पुरानै दस्तखत होला, मैले गरेको छैन र तर अध्यक्ष केपि ओलिले सरकार चलाउन नसक्ने भन्नू भयो अब एमाले भित्रकै नेता लाई लिएर जाने र सरकार बनाउने कुरामा छलफल भएको हो सांसद खरेलले एमालेको विकल्प अरु पार्टीबाट खोज्न आफू नसक्ने बताउनु भयो ।







