• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना कहर : निषेधाज्ञा र राजनीति


  •     सञ्चिता लुईटेल/ बुधबार, जेठ ०५, २०७८  

  • झापा । पछिल्लो समय कोरोना कहरका कारण विकसितदेखि विकासोन्मुख प्रायः सबै देशको जनजीवन प्रभावित छ ।

    विकसित देशनै संकटबाट गुज्रिरहेको समयमा नेपाल त छुट्ने कुरै भएन । वि. सं. २०७२ सालको भुकम्पबाट क्षति पुगेका भौतिक संरचनाहरु पुनःनिर्माण गर्ने, विकासको गतिलाई सार्थक पार्ने शिलशिलाकै बीचमा कोभिड–१९ को तीब्र संक्रमणले झन् जोखिम बढाइदिएको छ । कोरोनाको कारण आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिकजस्ता विविध क्षेत्रमा संकट सिर्जना गरिदिएको छ ।

    Advertisement

    हिजोआज कोरोना संक्रमणका कारण नेपाली जनताहरु दिन प्रतिदिन मृत्युको शिकार बनिरहेका छन् । मृत्युको कारण कोरोना नै हो । कोरोना पोजेटिभ भए पछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले धेरैलाई समस्या भएको छ ।

    Advertisement

    तर अस्पतालमा पनि अक्सिजन नपाएर वा त अस्पतालबाट उपचार नै नपाएर मृत्युको कारण बनिरहेका छन् । आफ्नो ठाउँमा अस्पतालको अभावको कारणले गर्दा मानिसहरु ज्यान गुमाउन विवश छन् । दिनदिनै मृत्युका खबरहरु सुनिरहनु परेको छ, हेरिरहनु परेको छ ।

    यस्तो बेलामा आफूले भोट दिएर जिताएका जनप्रतिनिधिको भूमिका पनि जाँच्ने अवसर मिलेको छ । जनताको मत पाएर संसद भवन छिरेका नेताहरुलाई आफ्नै जिल्लामा कोरोनाले कतिको ज्यान लिइसक्यो, जनजीवनमा कस्तो असर गरेको छ, थाहा पनि छैन कि ? अथवा थाहा भएर पनि थाहा नपाएजस्तो गरेका हुन् ? अनि घरआँगमै भेटिने पालिकाका जनप्रतिनिधिहरु कोभिडले अक्रान्त आफ्ना मतदाताको घाउमा मल्हम लगाउन जुटे कि छैनन् ? प्रत्यक्ष भेट्न सम्भव नहुने कोरोना महामारीमा फोन गरेर, दूरी कायम गरेर वा सामाजिक सञ्जालबाट नै किन नहोस्, संक्रमितहरुलाई अपनत्व दर्शाए या थाहा नपाएजस्तो गरे ! आजको अहम् प्रश्न हो यो ।

    पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म फैलिएको नेपालले धेरै नेता जन्मायो तर संकटको बेला रोगसँग छट्पटाइरहेका बिरामीहरुलाई सहयोग गर्ने नेता कमै मात्र जन्माएको पाइयो ।

    झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल कोरोना संक्रमितको परिवारमा डाक्टरसहित पुगेर अवस्था बुझ्छन्, जाँच गराउँछन् र केही पोषिलो खानेकुराको व्यवस्थापन गर्छन् ।

    तर छिमेकी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरु कोही कसैको दुःखमा फोन मार्फत् सान्त्वना पनि दिँदैनन् । यो परिदृश्यलाई एकैछिन नियाल्ने हो भने अनेकतामा एकता भन्ने कुरा साँच्चै कतै छ कि जस्तो भएको छ ।

    प्रसङ्ग मेरो जिल्ला इलामतर्फ मोडौं । आठ अ को जिल्लाले चिनिने इलाममा अहिले कोरोनाले मृत्यु हुने संख्याको बढिरहेको छ ।

    इलामले मुलुकको प्रधानमन्त्री जन्मायो । यहाँको संघीय प्रतिनिधिले पटकपटक सभामुखको कुर्सी पायो । इलामले थुपै नेताहरु जन्मायो, जो पटकपटक सांसद र मन्त्रीहरु बने । तर आज कोरोनाको कहरमा मृत्युको मुखमा पुग्नबाट बचाउने प्राणवायु ‘अक्सिजन’ उपलब्ध गराउन सक्ने ‘जनताको मान्छे’ इलामले पाएन । यद्यपी मृत्यु हुनेहरुलाई घाटसम्म पुर्याउनको लागि गाडीको व्यवस्था गर्ने स्थानीय सरकार चाहिँ पक्कै पाएको रहेछ । ‘सुखी नेपाली समृद्ध नेपाल’को आधारस्तम्भ जनप्रतिनिधिहरुको यो रवैयालाई कसरी विश्लेषण गर्न सकिन्छ ? विज्ञहरु नै ब्याख्या गरुन् ।

    सत्ता र कुर्सीको लागि मात्रै होइन, एकपटक नेपाली जनतालाई पनि पछाडि फर्केर हेरौं । जनता बाँचे कुर्सी पनि बाँच्छ नेताज्यू । चुनावको बेलामात्रै गाउँमा गगन चुम्ने भाषण लगाउने तर आफ्नै गृह जिल्लामा एउटा राम्रो अस्पतालसमेत बनाउन नसक्ने तपाईहरु प्रति जनताले सधैं कसरी विश्वास गर्ने ? स्वास्थ्य उपचारको लागि एक जिल्लाबाट अर्को जिल्ला धाउनु पर्ने बाध्यता छ ।

    यस्तो स्थितिमा देशभर लगाइएको निषेधाज्ञाले उपचार गर्न अस्पतालसमेत जान नपाएर अझै कत्तिले ज्यान गुमाउनु पर्ने हो ? अस्पताल, आइसोलेशन, अक्सिजन, भेन्टिलेटर, आइसियुनको उपलब्धताले मात्रै कोरोना पराजित गर्नुपर्ने बाध्यतालाई आत्मसाथ गर्ने कोही जनप्रतिनिधि हुनुहुन्छ भने अबका दिनमा पक्कै तपाईंले साथ पाउनु हुनेछ ।

    नत्र कोरोनाको जोखिम घटाउन गरिएको निषेधाज्ञाजस्तै आउँदा चुनावमा तपाई आउने बाटोभरि मतदाताले निषेधाज्ञा नगर्लान् भन्न सकिन्न ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.