• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई पत्रकार महासंघको आग्रह


  •    संवाददाता/ आइतबार, जेठ ०२, २०७८  

  • काठमाडौं । सरकारलाई कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । शनिबार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको सबै स्रोत, साधन र जनशक्ति प्रयोग गर्न आग्रह गरेका हुन्।

    अध्यक्ष पोखरेलले राज्यको तर्फबाट प्रबन्ध गर्नुपर्ने अक्सिजन, अस्पतालमा बेड र उचित उपचार समेत उपलब्ध गराउन नसक्दा महामारीमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत फ्रन्टलाइनरसहित ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेको प्रति दुस्ख व्यक्त गरे ।

    Advertisement

    राज्यको फितलो तयारीले गर्दा आम नागरिकले अक्सिजन र सहयोगी औषधिसमेत पाउन नसकी मृत्युवरण गर्नु परेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील बन्न महासंघले सरकारको ध्यानाकर्षण गरेको छ ।

    Advertisement

    एकातिर महामारीको संकट र अर्कोतिर देशका धेरै ठाउँमा घोषित निषेधाज्ञा र केही भागको अघोषित निषेधाज्ञाले बिहान बेलुकी काम गरेर दैनिक जीवन निर्वाह गर्दै आएका नागरिकहरू समस्यामा परेको भन्दै यस्ता वर्गलाई राज्यले कुनैपनि राहतका कार्यक्रम ल्याउन नसकेको प्रति महासंघले दुस्ख व्यक्त गरेको छ ।

    अध्यक्ष पोखरेलले विज्ञप्तिमार्फत् यो विपद्को घडीमा आफ्नो क्षेत्रबाट कलम चलाउने पत्रकारहरूले पनि आचारसंहितालाई मध्यनजर गर्दै मानव जीवनको रक्षाका लागि पत्रकारिताका माध्यमबाट योगदान पुराउनेतर्फ अझ सशक्त भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

    पोखरेलले पत्रकारहरूलाई नागरिकलाई सही सूचना दिएर कोरोनाबाट जोगिन एवं आत्मबल बढाउन मद्दत गर्दै बेथिति र बद्नियतको उजागर गरेर राज्यलाई जिम्मेवार बनाउन समेत भूमिका खेल्न आह्वान गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.