• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकारहरुलाई विशेषज्ञ चिकित्सकको परामर्श’ कार्यक्रम


  •    संवाददाता/ शनिबार, बैशाख २५, २०७८  

  • बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमित पत्रकारहरुका लागि आइसोलेसनको व्यवस्था ,हस्पिटल भर्ना गर्न सहजीकरण, ‘पत्रकारहरुलाई विशेषज्ञ चिकित्सकको परामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

    महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा शनिबार सम्पन्न भएको भर्चुअल वैठकले त्यस्तो निर्णय गरेको हो ।

    Advertisement

    वैठकले कोभिड–१९ संक्रमणको दोस्रो लहर र यसले बढाएको जोखिमको सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्यका बारेमा विभिन्न निर्णय गरेको सचिव डिकेश लामाले जानकारी दिए ।

    Advertisement

    कोरोना भाइरसबाट संक्रमित पत्रकारका लागि आवश्यक अक्सिजनसहितको आइसोलेसन बेडको व्यवस्था मिलाउने महासंघले निर्णय गरेको छ । स्थानीय सरकारसंग समन्वय र सहकार्य गरी संक्रमित पत्रकारलाई  सहजरुपमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने पत्रकार महासंघको निर्णय छ  ।

    साथै  संक्रमित पत्रकारलाई स्वास्थ्यमा समस्या उत्पन्न भए चिकित्सकको परामर्श,  अस्पताल भर्ना लगायतका सबै कार्यमा महासंघले सहजीकरण गर्ने निर्णय गरिएको छ ।

    त्यस्तै संक्रमित पत्रकारहरुले स्वास्थ्य सुधारका लागि गर्नु पर्ने कार्य, आत्मबल बढाउने बारे परामर्श, अन्य पत्रकारहरुले रिपोर्टिङ गर्न जाँदा, घर आउँदा र अरु समयमा पनि अपनाउनु पर्ने सावधानी लगायबारे बुझाउन तथा कुनै पनि जिज्ञासा र जवाफका लागि ‘पत्रकारहरुलाई विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल कार्यक्रम वैशाख २६ गते आइतबार दिनको २ बजेबाट ३ः३० बजेसम्म गर्ने महासंघले निर्णय गरेको छ  ।

    कोभिड १९ बाट संक्रमितहरुको उपचारमा खटिएका विशेषज्ञ चिकित्सकले सहजीकरण गर्ने उक्त कार्यक्रममा हाल आइसोलेसनमा रहेका, यसअघि संक्रमित भई स्वास्थ्यलाभ गरेकासहित सबै पत्रकारलाई सहभागिताका लागि महासंघले आह्वान गरेको छ ।

    कोभिड–१९ को दोस्रो लहरले सञ्चार क्षेत्रमा पारेको प्रभाव र उत्पन्न समस्याहरुबारे वैठकमा गम्भीर छलफल र समीक्षा गरिएको छ । हालसम्म झापाका २१ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित बनेकोमा एक जनाको निधन भएको र ९ जना हाल आइसोलेशनमा रहेका छन् ।

    हाल आइसोलेसनमा रहेका सबै पत्रकारको वैठकले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै सबै पत्रकारलाई प्रविधिको प्रयोग गरेर भरसक घरबाटै काम गर्न र बाहिर जानै पर्ने भए स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूर्ण पालना गरेर मात्र काम गर्न वैठकले अपिल गरेको छ ।

    कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्य गर्नका लागि  उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा गठित समिति तथा कोभिड–१९ को दोस्रो लहरबाट सञ्चार क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने समस्या लगायत समग्र विषयको अनुगमन गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा यसअघि गठित समितिको कामबारे वैठकमा रिपोर्टिङ र समीक्षा भयो ।

    उक्त दुवै समितिलाई अझ सक्रिय र  आफ्नो कामलाई प्रभावकारी बनाउन वैठकले निर्देश गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.