बैशाख १६, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ४ ईवामा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ ।
बुधवार साँझ चट्याङ्ग लागेर ईवाका ४७ वर्षीय लोकमान गुरूङको ज्यान गएको प्रहरीले जनाएको हो । घरमै बसेका गुरूङलाई चट्याङ्ग लागेको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा राखिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारले जनाएको छ ।
Advertisement







