• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गाउँले संचालक परिवारको दावी हत्या हो , प्रहरी भन्छ आत्महत्या


  •    संवाददाता/ बुधबार, बैशाख १५, २०७८  

  • बैशाख १५, झापा । गत चैत्र महिनामा झापाको चारआली जंगलमा मृत अवस्था भेटिएका तिलक निरौलाको हत्या भएको परिवारले दावी गरेका छन् ।

    बिर्तामोडमा परिवारले बुधवार पत्रकार भेटघाट गर्दै सत्यतथ्य पत्ता लगाई दोषिलाई कारवाहीको दायारामा ल्याएर न्याय गरिदिन प्रशासन समक्ष आग्रह गरेका हुन् ।

    Advertisement

    निरौलाकी श्रीमती यशोदा निरौला लक्ष्मीले श्रीमान निरौलाको हत्या भएको दावी गरेकी छिन् । निरौलाको हत्याको डिजाइन हेटौडा घर भई अर्जुनधारा बस्दै आएका नारायण खड्काले नै गरेको यशोदाले दावी गरिन् । ‘मामा भनेर आफ्नै भाञ्जा जस्तो गरेर राखेका थियौं’ यशोदाले भनिन् ‘पैसा माग्दा दिदा राम्रै थियो, तर पैसा दिन छोडेपछि हामीले गरेको फोन नलाग्ने बनायो, हामीसँग भागी भागी हिड्न थाल्यो, उसैले गौरादहमा जग्गा किन्न लगायो, त्यो जग्गाको पनि मुद्धा चलिरहेको छ ।’

    Advertisement

    निरौलाकी छोरी निशाले प्रशासनले न्याय नदिए भोक हड्तालसहितको अनसनमा बस्ने चेतावनी दिएकी छिन् । ‘बुबाको हत्या खड्काले योजनाबद्ध तरिकाले गरेको हो’ निशाले भनिन् ‘उसलाई कारवाही हुनुपर्छ ।’ जवसम्म सत्यतथ्य वाहिर आउँदैन तवसम्म खड्कालाई प्रहरीले छोड्न नहुने निशाले बताइन् । उनले यस्तो घटना फेरि नहोरियोस् भन्दै सवै व्यवसायी, उद्योग बाणिज्य संघ र सरोकारवाला सवैले साथ र सहयोग गरिदिन आग्रह समेत गरेकी छिन् ।

    पत्रकार भेटघाटमा निरौलाकी ८० बर्षकी आमा बाटुलीमाया निरौलाले समेत छोराका हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाहीको माग गरेकी छिन् । खड्का र भरत दंगाल अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । गत चैत २१ गते शुक्रवार वेपत्ता भएका निरौला २२ गते शनिवार चारआली जंगलमा मृत भेटिएका थिए । झापा प्रहरीले गाउँले होटल बिर्तामोडका सञ्चालक तिलक निरौलाको घटनाबारे सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    यता प्रहरीले भने अनुसन्धान प्रतिवेदनमा घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई जनाले आत्महत्या दुरुत्साहन गरेको खुलाइएको छ । घटना भएको २४ औं दिनमा प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै हालसम्मको अनुसन्धानमा अपहरणपछि हत्या नभएको उल्लेख गरेको छ ।

    गत चैत २२ गते मेचीनगर–१३ स्थित चारआली जंगलमा निरौला मृत अवस्थामा फेला परेका थिए । निरौलाको परिवारले अपहरणपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो । परिवारको उजुरी अपहरण पछि हत्या भनिए पनि अनुसन्धानमा त्यस्तो नदेखिएको प्रहरीको भनाइ छ । निरौला २० गते दिउँसो घरबाट हिडेका थिए । उनले बोकेको मोवाइल सोहि दिन ४ बजेर ४७ मिनेटमा अफ भएको प्रहरीले जानकारी दिए ।

    प्रहरीले निरौला मृत भेटिएको ठाउँमा किटनाषक औषधिको वोतल र दुई पेजमा लेखिएको चिट भेट्टाएको थियो । चिटमा १२ जनाभन्दा बढि व्यक्तिको नाम लेखिएको छ । चिटमा नाम उल्लेख गरिएका व्यक्तिका कारण यो अवस्था आएको भन्दै लेखिएको प्रहरीको भनाइ छ । जहाँ आर्थिक कारोवार र व्यवहारिक कुराहरु समेत लेखिएको छ ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.