झापा । सत्तारुढ नेकपा एमालेले मंगलबार स्पष्टीकरण सोधेको २७ संघीय सांसदमा झापाकी पवित्रा निरौला खरेल पनि परेकी छन् ।
झापा क्षेत्र नं २ बाट निर्वाचित खरेललाई समेत अध्यक्ष ओलीले नयाँ दल गठनमा लागेको आरोप लगाउँदै तीन दिनभित्र स्पष्टीकरण दिन पत्र काटेका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापतिसमेत रहेकी खरेल प्रतिनिधिसभा पुनःस्थापना भएयता समितिकै काममा क्रियाशील रहेको बताएकी छिन् ।
तर मंगलबार संसद सदस्यबाट समेत निष्कासन गर्ने चेतावनीयुक्त शैलीमा स्पष्टीकरण सोधेका छन् । पत्रमा भनिएको छ, ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने रु संसद सदस्यबाट किन नहटाउने ?
जबाफ पेश गर्नका लागि तीन दिनको समय दिएका ओलीले सच्चिने अन्तिम मौका भएको पनि बताएका छन्।
यसैबीच स्पष्टीकरणका सम्बन्धमा सांसद खरेलले भने आफू कुनै पनि गतिविधिमा संलग्न नरहेको अवस्थामा स्पष्टीकरण सोधिनु आश्चर्यजनक रहेको बताएकी छन् । ‘म समितिकै काममा व्यस्त छु, काठमाडौंबाहिर पनि गएको छैन , जुन आरोप लगाइएका छन् ती गलत छन्,’उनले भनिन्,’म यसको जवाफ स्पष्टीकरणमा दिनेछु।’ परराष्ट्र र पर्यटन मन्त्रालय लयसंग समन्वय गरेर गर्नु पर्ने काममा ब्यस्त छु देशका विभिन्न स्थानको गतिविधि र आवश्यक सुझाब दिएको छ, अब आफ्नो बिभाग अन्तरगतको काम गर्दा पार्टी विरुद्धको गतिविधि हुन्छ भने मैले भन्न्नु केहि छैन र सरकार लाई सघाउने काम गरेको छु ,पार्टी विरुद्ध गतिविधि गरेको प्रमाण आए कामकारबाही भोग्न तयार छु, उनले भनिन् ।







