झापा । सामुदायिक वनमा आदिवासी महिलाहरुको भूमि अधिकार नामक पुस्तकको विमोचन गरिएको छ ।
आज झापाको विर्तामोडमा एक समारोहका बीच पूर्वमन्त्री अग्निप्रसाद खरेलले पुस्तक विमोचन गर्नुभएको हो ।
सामुदायिक वन नीति समिक्षा, सामुदायिक वनद्वारा आदिवासी महिलामा परेको प्रभाव तथा वहिष्करण सम्बन्धी अनुसन्धान समेटेर राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले पुस्तक प्रकाशन गरेको हो । पूर्वी नेपालको झापा र मोरङमा रहेका आदिवासी समुदायलाई समेटेर अनुसन्धान गरिएको पुस्तकको प्रतिवेदन आदिवासी विज्ञ तथा अनुसन्धान कर्ता यशोकान्ती भट्टचनले तयार गर्नुभएको हो ।
पुस्तकका बारेमा विश्लेषक नन्द कन्दङबाले प्रकाश पार्नु भएको थियो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनीमाया माझीको अध्यक्षता सम्पन्न कार्यक्रममा विर्तामोड नगर सदस्य सुरेन राजवंशी, महिला नेतृ रोसनी मेचे, हरि धिमालले धारणा राख्नु भएको थियो । कार्यक्रम शोभा शाक्यले संचालन गर्नुभएको थियो ।







