२५ चैत्र, झापा । पत्रकार महासंघ झापा शाखाको निर्वाचन बुधबार सम्पन्न भएको छ । निर्वाचनमा ९७.३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
शाखाको कुल २ कुल ६३ मत मध्ये २ सय ५६ मत खसेको आयोगले जानकारी दिएको हो । मतगणना आजै बेलुकि ९ बजे बाट हुने भएको छ।
प्रधानमन्त्री केपि शर्मा ओलिको गृहजिल्ला झापामा अध्यक्ष पदका ३ उम्मेद्बारहरु बिच जुँघाको लडाई देखिएको छ । पत्रकारहरुलाई स्वतन्त्र रुपमा हेरिएपनि झापाको माहोल त्यस्तो देखिएन । निर्वाचनका बेला प्राय राजनीतिक दलका नेताहरु निर्वाचन स्थलमै देखिन्थे ।
ओलीको गृहजिल्ला झापामा एकथरी नेताहरु ओली निकट उम्मेद्बारलाई हराउने योजनामा देखिन्थे भने एकथरी नेताहरु ओलीको साख जोगाउन भरपुर कसरतमा देखिन्थे ।
काँग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियन, माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर र राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपालबिचको एकताले एमाले निकट प्रेस चौतारीलाई हराउन उद्दत देखिन्थे ।
- केन्द्रको राजनितिक घटनाक्रमले झापाका पत्रकारहरुको निर्वाचनमा समेत ठुलै महत्व राखेको देखिएको छ । जसमा स्वतन्त्र रुपमा अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत केही सदस्यका उम्मेद्बारहरु समेत चुनावी मैदानमा होमिएका थिए । जसका कारण पनि झापाको निर्वाचनलाइ महत्त्वका सााथ हेरिएको छ ।







