• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वजार ब्यवस्थापन समिति गठनमा वडाध्यक्षले ढिलाई गरेको आरोप


  •    संवाददाता/ मङ्गलबार, चैत १७, २०७७  

  • विर्तामोड । पद, सत्ता र शक्तिको दुरुपयोग गरेर कनकाई नगरपालिका वडा नं–७ का अध्यक्ष लीलाबहादुर कन्दङ्वाले दुर्गापुर बजार ब्यवस्थापन समिति गठनमा ढिलाई गरेको भन्दै नेपाली कांग्रेससहितका ५ दल र बजार ब्यवस्थापन समितिकै पदाधिकारीले आपत्ती जनाएका छन् ।
    दुर्गापुर व्यापार समितिका अध्यक्ष भुवानी शिवाकोटी, नेपाली कांग्रेसका कनकाई–७ का वडा सभापति इश्वरीप्रसाद शिवाकोटी, माओवादी केन्द्रका सहइन्चार्ज तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सचिव राजु अधिकारी, नेकपा एमालेका पार्टी प्रतिनिधि शिवराज बस्नेत, संघीय लिम्बुबान मञ्च नेपालका अध्यक्ष तथा दुर्गापुर बजार व्यावस्थापन समितिका सदस्य बसन्त मेयाङबो र राप्रपाका प्रतिनिधि चन्द्र घिमिरेले प्रेस विज्ञप्ति प्रकाशन गर्दै स्वतन्त्रतापूर्वक बजार ब्यवस्थापन समिति गठन गर्न वडाध्यक्षले नदिएको आरोप लगाएका हुन् ।
    दुर्गापुर बजार व्यावस्थापन समितिको पदावधि सकिए पनि नयाँ नबनाएको   र सरोकारवालाहरुले नयाँ समिति गठन गर्न माग गर्दा आलटाल गरेको आरोप वडाध्यक्षमाथि लगाएका हुन् । वजार व्यावस्थापन समितिको अधिवेशनलाई वडाअध्यक्षले विभिन्न वहानामा पछि सार्र्दै आएको विज्ञप्तिमा आरोप लगाइएको छ ।
    बजारबासीलाई सूचना नदिई वडाध्यक्षकै पहलमा एकलौटी रुपमा समिति गठन गर्न खोजिएपछि नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसमक्ष डेलिगेशन गएको र पोखरेलकै निर्देशनमा तत्कालका लागि समिति गठन रोकिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
    वडाअध्यक्षले आफु अनुकुलको समिति गठन गर्न चाहिरहेको आरोप लगाउँदैै विज्ञप्तिमा बजारवासीको सहभागितामा स्वतन्त्रतापूर्वक नयाँ समिति गठन गर्न  पनि माग गरिएको छ ।
    आवश्यक नियम अनुसार नयाँ बजार व्यावस्थापन समिति गठनका लागि आफुहरु नगरपालिका वार्ड कार्यालयमा समेत डेलिकेशन जाने बजार व्यावस्थापन समितिका सचिव समेत रहेका राजु अधिकारीले बताउनुभयो ।
    ‘म आफै समितिको सचिव हु विधान अनुसार जाउँ नयाँ समिति बनाउँ भनिरहेको छु, वडाअध्यक्ष मान्न तयार हुनुहुन्न’ सचिव अधिकारीले भन्नुभयो–‘उहाँका लागि सबै वार्डवाशी एक्कै हुनुपर्ने तर भएन यसबाट दुर्गापुर बजारको ऐतिहासिकतामा नै पो प्रश्न चिन्ह लाग्ला कि भन्ने चिन्ता छ।’
    यता यसवारेमा कनकाई ७ का वडाअध्यक्ष लीलाबहादुर कन्दङ्वा समक्ष जिज्ञासा राख्दा कोरोना करहका कारण पनि वजार व्यावस्थापन समितिको कार्यकाल थप्नुपरेको बताउँनुभयो ।
    ‘हामी दसैँमा बजारको स्वर्ण महोत्सव मनाउँदैछौ त्यो स्वर्ण महोत्सव यहि समितिलाई मनाउँन दिनुहोस भनेको साथीहरु कुरै बुझ्नुहुन्न’–वडाअध्यक्ष कन्दङ्बाले भन्नुभयो ।
    यता वर्तमान सचिव रहनुभएका अधिकारीले भने स्वर्ण महोत्सव अघि नै समिति गठन गरेर सोही समितिले महोत्सवको आयोजना गर्न पाउनुपर्ने बताउनुभयो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.