• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश १ को संसद बैठक चैत २३ गते


  •    संवाददाता/ आइतबार, चैत १५, २०७७  

  • विराटनगर । नेकपा एमालेको माधव नेपाल समूह मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन सहमत भएपछि प्रदेश १ प्रदेशसभाको बैठक चैत २३ गते बोलाइएको छ ।

    गत चैत १ गते सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित भएको बैठक चैत २३ गतेका लागि आह्वान भएको हो । एमाले सांसद राजेन्द्र राईले चैत २३ को बैठकअघि नै अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिने बताए । ‘हामीले हस्ताक्षर फिर्ता लिने भनेका छौं तर लिइसकेका छैनौं,’ उनले भने, ‘बैठक अघि सामूहिक रुपमा हस्ताक्षर फिर्ता हुन्छ ।’

    Advertisement

    बुधबार मुख्यमन्त्री शेरधन राईले आफ्नो पार्टीका सांसदलाई सात दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए ।

    Advertisement

    प्रदेश १ को हिउँदे अधिवेशन गत माघ ७ गते शुरु भएको थियो । तर सत्तापक्षको अवरोधका कारण बैठक बस्न सकेको छैन ।
    सत्ता पक्षको बहिस्कारकाबीच गत पुस १२ गते तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव फागुन ९ गते संसदमा टेबल भएको थियो ।

    सो प्रस्ताव माथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको थियो । तर सभामुख सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि चैत १ गते बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

    यसबीचमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमाथिको हस्तक्षर फिर्ता लिन एमाले सांसदहरुलाई निर्देशन दिएका थिए ।

    एमालेको नेपाल पक्षले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री राईविरुद्ध तत्कालिन प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल हुनेछ । प्रदेशसभाका ९३ सासदमध्ये नेकपा एमालेसँग ५१ जना सदस्य छन् ।

    माओवादी केन्द्र, कांग्रेस र अन्य तीन साना दलसँग जम्मा ४२ मत छ । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.