• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रेल्वे प्रभावितलाई चलनचल्तीकै मूल्यसहित छिट्टै मुआब्जा वितरण


  •    संवाददाता/ बिहिबार, चैत १२, २०७७  

  • बिर्तामोड ।  जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको बताएका छन् ।

    Advertisement

    बिर्तामोडस्थित संवाद समूहको कार्यालयमा विहीवार प्रजिअ तिमिल्सिनासहित सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा त्यस्तो बताइएको हो ।

    Advertisement

    रेल्वे प्रभावितहरुको माग र संघर्षप्रति लक्षित उनले केही समय धैर्य गर्न प्रवावितहरुलाई आग्रह गरे । प्रभावितहरुको चित्त बुझ्ने गरी मुआब्जामा चलन–चल्तीको मूल्य दिन मूल्यांकन गरी प्रशासनले तयारी गरेको छ ।

    आगामी बैशाखमा मुआब्जा वितरण सुरु हुने उनले बताए । झापा, मोरङ र सुनसरीमा एकैपटक मुआब्जा वितरण गर्ने बुझिएको छ । झापाको छ पालिकाका २५ वडामा मुआब्जा वितरण गरिने बताइएको छ ।

    उक्त कार्यका लागि उपसमितिले आवश्यक सबै काम सम्पन्न गरेको प्रजिअ तिमिल्सिनाले बताए । स्रोतका अनुसार तीन जिल्लामा करिब १५ अर्ब रुपैयाँ मुआब्जामा खर्च हुनेछ ।

    प्रजिअ तथा सुरक्षा प्रमुखहरुवीच कोभिड–१९को दोस्रो लहर र झापामा आवश्यक सुरक्षा सतर्कता अपनाउने,  विपद्को पूर्वतयारी, लागूऔषध लगायत जिल्लाका विविध समस्यामा छलफल भएको थियो ।

    विषयगत तथा सरोकार राख्ने विषयमा संवाद, छलफल र समन्वयको काम गरिदिन संवाद समूहलाई प्रजिअ तिमिल्सिनाले आग्रह समेत गरेका छन् ।
    खुल्ला सीमाका कारण भइरहेका घटना र चुनौति, लागूऔषध, आत्महत्या, बढ्दो अपराध, दुर्घटना लगायतका विषयमा तथ्यांकसहित छलफल भएको थियो भने न्यूनीकरणका लागि जनचेतनामा जोड दिइएको थियो ।

    छलफलमा नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक शानुराम भट्टराई, सशस्त्र प्रहरी बल २ नं. गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे र जिल्ला अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईंले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारीसहित अवका दिनमा गर्नुपर्ने कार्य बारे बताउदै विभिन्न सुझाव दिएका थिए ।

    कोभिड–१९ नियन्त्रणका लागि राजनीतिक दल, सुरक्षाप्रशासन, सामाजिक संस्था वीचको समन्वयबाट विगतमा झैं प्रभावकारी अभियान सञ्चालन गर्न सबैको जोड थियो ।

    झापामा शान्ति स्थापना र विभिन्न समस्या समाधानमा विगत देखि संवाद समूह र राजनीतिक दलले निर्वाह गरिरहेको भूमिकाको प्रजिअ तिमिल्सिनासहित सुरक्षा प्रमुखहरुले प्रशंसा गरेका थिए ।

    रेल्वे प्रभावितको संघर्ष र समस्या समाधानमा संवादले सहजीकरण गरी पुलको काम गरिरहेको बारे पनि चर्चा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.