• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पुरुष सञ्जालले मेचीनगरका विद्यालयमा सचेतनामुलक कार्यक्रम गर्ने


  •    संवाददाता/ शनिबार, मङि्सर २८, २०८२  

  • विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा न्यूनिकरण गर्नका लागि मेचीनगर नगरपालिकाले गठन गरेको पुरुष सञ्जालले सचेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

    शुक्रबार नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गर्ने तयारीका बारेमा छलफल गरेको हो ।

    Advertisement

    आगामी पुस पहिलो हप्तादेखि सुरु हुने पहिलो चरणको लैङ्गिक हिंसा न्यूनिकरणको सचेतनामुलक कार्यक्रम नगरका दश वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गराइने भएको छ ।

    Advertisement

    पहिलो चरणमा दश वटा माविमा मेचीनगर-१ को पवित्र मावि, वडा नम्बर २ को भानु मावि, ४ नम्बर वडाको सरस्वती मावि, वडा नम्बर ६ को काँकरभिट्टा मावि, ७ को अरनिको मावि, ८ नम्बर वडाको आदर्श मावि, ११ नम्बर वडाको बलभद्र मावि, १२ को सरस्वती बाल कल्याण मावि, १३ नम्बर वडाको शहिद दशरथ चन्द मावि र वडा नम्बर १५ को ज्यामिरगढी मावि रहेका छन् ।

    पुरुष सञ्जाल मेचीनगरका संयोजक मोहन काजीको अध्यक्षतामा भएको छलफलमा नगरका १५ जना र प्रत्येक वडाका २/२ जना गरेर ४५ जना रहेका सञ्जालका संयोजक तथा सदस्यहरुसँग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केश म्यानेजर अरुणा चौधरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाकी महिला सेवा प्रमुख प्रहरी निरीक्षक मिलनकुमारी राईले विद्यालयहरुमा बालबालिका, किशोर-किशोरीप्रति हुने हिंसा लगायतका विषयमा छलफल गरेका थिए ।

    पहिलो चरणको सचेतनामूलक कार्यक्रम सकिएपछि थप अन्य सामुदायिक मावि र संस्थागत विद्यालयहरुमा पनि यस्ता प्रकारका कार्यक्रम गर्दै लाने नगरपालिकाको योजना रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.