निजी तथा आवासिय विद्यालय संगठन नेपाल (प्याब्सन) अर्जुनधारा नगर समितिको दोस्रो पालिका वार्षिक भेला मंगलबार सम्पन्न भएको छ ।
प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले उद्घाटन गरेका थिए ।
प्याब्सन अर्जुनधाराका सचिव ताराप्रसाद नेपालले संस्थाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राजन वाग्लेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्ष २०८१/०८२मा वार्षिक सांस्कृतिक कार्यक्रम, वार्षिक खेलकुद कार्यक्रम, सदस्य विद्यालयले विद्यार्थी भर्ना सम्बन्धी सूचना जारी गर्दा अनुमति पत्र प्राप्त गरेका तह तथा कक्षामा मात्र गर्ने गराउने निर्णय गरेको, प्याब्सन अर्जुनधारा कल्याणकारी कोष सञ्चालन गर्ने तयारी गरेको आदि उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, अर्जुनधारा नगरपालिका शिक्षा तथा युवा खेलकुद विकास शाखा प्रमुख हरिबहादुर कुँवर, प्याब्सनका पूर्व केन्द्रीय सदस्य मोहन सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्याब्सन अर्जुनधाराका उपाध्यक्ष प्रविण कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन ताराप्रसाद सचिव नेपालले गरेका थिए ।







