झापाको बिर्तामोड-६ मा अवस्थित बेष्ट फ्युचर स्कुलको ९ औँ वार्षिकोत्सव विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिसहित सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक पूजा दाहाल खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड-६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा रहेका थिए ।
उक्त अवसरमा विद्यार्थीहरूले गीत, नृत्य, फेसन शो लगायतका आकर्षक प्रस्तुति प्रस्तुत गर्दै उत्सवमय वातावरण सिर्जना गरेर दर्शक तथा अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्र खरेलले विद्यालयले शैक्षिक गुणस्तर, विद्यार्थी अनुशासन र सिर्जनात्मक क्षमताको विकासलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष कन्दङ्वाले विद्यालयले शिक्षा उन्नतिमा पु¥याइरहेको योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा जिल्ला प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, जिल्ला सदस्य देवेन्द्र हुमागाई, हिसान झापाका उपाध्यक्ष उत्तम खनाल, बालबालिका तथा शिक्षा सञ्चार मञ्च संयोजक सरोज पौडेल, प्याब्सन बिर्तामोड नगर कोषाध्यक्ष प्रमिला बजगाई, सचिव दिपाङ्कर मैनाली, स्थानीय टोल विकास समितिका पदाधिकारी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।







