झापाको बिर्तामोडमा अवस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयलाई भौतिक संरचना स्तरउन्नतिका लागि ४० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त रकम बराबरको चेक महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्ग खरेलले दुर्गा माविका पूर्व शिक्षक खिलप्रसाद शिवाकोटीले हस्तान्तरण गरेका थिए ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सो विद्यालयमा भौतिक आक्रमण हुँदा डेक्सबेन्च देखि लिएर कम्प्युटर, स्मार्टबोर्ड लगायतका सामग्रीहरु नष्ट भएकाले पुर्ननिर्माणका निम्ति सहयोग गरिएको प्रधानाध्यापक खरेलले बताए ।
Advertisement
सोही क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीले आफ्नो तर्फबाट ५००० बाहिरी पहेलो रंग लगाउनका लागि प्रदान गरेका थिए ।
उक्त चेक शिवाकोटीले दुर्गा माविका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीलाई प्रदान गरेका थिए ।







