वीरता जेसीजले जेसीज सप्ताह अन्तरगत साइबर सुरक्षाका विषयमा सचेतना प्रदान गरेको छ ।
जेसीज सप्ताह अन्तरगत तेस्रो दिन चौथो कार्यक्रमका रुपमा आज विद्यार्थीहरुलाई साइबर सुरक्षाका विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।
वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका-३ स्थित महेन्द्र रत्न नमुना माविका माध्यमिक तहका विद्यार्थीलाई साइबर सुरक्षाका विषयमा प्रशिक्षण प्रदान गरिएको वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले जानकारी दिए ।
पछिल्लो समय डिजिटल माध्यम तथा सामाजिक सञ्जालको दुरुपयोग गर्दै विभिन्न अपराधका घटनाहरु बढी रहेका बेला वीरता जेसीजले विद्यार्थीलाई सचेतना जगाउने उद्देश्यले प्रशिक्षण प्रदान गरिएको हो ।
बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका साइबर शाखाका प्रहरी सहायक निरीक्षक प्रदिप आले मगरले प्रशिक्षण दिएका थिए ।
विश्वजीत हल्वाईको संयोजकत्वमा भएको कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटी, महेन्द्र रत्न नमुना माविका सहायक प्रधानाध्यापक कृष्ण प्रसाई लगायतको आतिथ्य रहेको थियो ।
वीरता जेसीजका जनसम्पर्क अधिकारी अभिषेक गहतराले आस्था वचन गरेको कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।







