झापाको बिर्तामोडमा ‘पूर्वाञ्चल एजुकेशन फेयर’ हुने भएको छ ।
बिर्तामोड स्टडी पार्क र डिमाइन इन्टरनेशनल एकेडेमीको संयुक्त आयोजनामा आगामी भदौ २४ गते मंगलबार बिहान १० बजेबाट बिर्तामोडस्थित सिटीसेन्टरमा पूर्वाञ्चल एजुकेशन फेयरको दोस्रो सिजन हुने भएको हो ।
विशेष गरेर कोरिया जाने विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त एजुकेशन फेयरमा आठ देशका १०० भन्दा बढी कलेजका बारेमा जानकारी दिनुका साथै प्रत्यक्ष रुपमा कलेजका प्रतिनिधिसँग संवाद गर्न पाइने आयोजकले जनाएको छ ।
Advertisement
त्यस्तै तत्काल कलेजमा भर्नासमेत गर्न सकिने बताइएको छ । विशेषगरी झापा र इलामका विद्यार्थीलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको बिर्तामोड स्टडी पार्कले जनाएको छ ।







