नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले इक्यानको २९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
इक्यानले झापाको अर्जुनधारा नगरपालिकास्थित कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा सहयोग गर्दै संस्थाको वार्षिकोत्सव मनाएको हो ।
इक्यान झापाका अध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टले शुभकामना मन्तव्य राखेका थिए ।
अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलालले सामाजिक संस्थाहरुको सहयोगमा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र सञ्चालन गरिरहेको बताए । उनले अपाङ्गता भएका बालबालिकाको आवश्यकतालाई महशुस गर्दै इक्यान झापाले खानेपानी तान्ने मेसिन प्रदान गरेर सहयोग गरेको भन्दै धन्यवाद दिए ।
सामाजिक उत्तरदायित्व (सीएसआर) संयोजक प्रकाश पराजुलीले औचित्यमाथि प्रकाश पार्दैै स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए ।







