• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सरकारविरुद्ध कडा प्रतिकारमा उत्रिँदै संस्थागत विद्यालय, तालाचाबी बुझाउने चेतावनी


  •    संवाददाता/ बुधबार, भदौ ११, २०८२  

  • संस्थागत विद्यालयका सञ्चालकहरूले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भइसकेको शिक्षा विधेयक नसच्याए सरकारविरुद्ध कडा प्रतिकारमा उत्रिँदै विद्यालयको तालाचाबी बुझाउने सम्मको चेतावनी दिएका छन् ।

    शिक्षा विधेयकप्रति चार बुँदे माग अघि सार्दै आन्दोलित बनेका संस्थागत विद्यालयका सञ्चालकहरूले पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार झापाको सदरमुकाम भद्रपुरमा बुधबार सरोकारवालाहरूसँग गरेको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा सहभागी वत्ताहरूले यस्तो चेतावनी दिएका हुन् ।

    Advertisement

    संस्थागत विद्यायलहरुको छाता सङ्गठनहरू प्याब्सन, नेशनल प्याबसन, हिसान, नेपाल मन्टेश्वरी एसोसिएसन र अपेनका पदाधिकारी तथा सञ्चालकहरूले सरकारले ल्याउन लागेको विधेयकमा निजी विद्यालयहरूलाई क्रमश: गैरनाफा मूलक बनाइने वाक्यांश हटाउनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनु पर्ने, छात्रवृत्तिमा विद्यार्थी सङ्ख्याको १० प्रतिशत प्रावधानलाई निरन्तरता दिइनु पर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने मागमा अडिग छन् ।

    Advertisement

    कार्यक्रममा बोल्दै एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठले सरकारले शिक्षा विधेयक ल्याएर संस्थागत विद्यालयमाथि चोट पुर्‍याउने काम गरिरहेको बताएका छन् । शैक्षिक क्षेत्रका बिचौलियाका कारण सरकारले हामीमाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाउँदै केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘शिक्षा विधेयक समितिले नेपाली विद्यार्थीलाई विदेश पठाउने र यहाँ रोजगार पाएकालाई बेरोजगार बनाउने काम गरिरहेको छ ।’ ‘समितिबाट पारित विधेयक प्रतिनिधि सभाबाट हुबहु पारित भएको खण्डमा सरकारविरुद्ध कडा प्रतिकार उत्रिने छौँ,’ उनले थपे ।

    प्याब्सन केन्द्रीय समितिका सल्लाहकार नारायणप्रसाद घिमिरेले भने, ‘सरकारलाई भन्नु चाहन्छु हामीले अनाथालय खोलेका होइनौँ, बैकबाट ऋण लिई सरकारलाई कर बुझाएर कम्पनी दर्ता गरी व्यवसाय चलाएका हौँ ।’ ‘समितिबाट पारित विधेयकप्रति राजनीतिक दलहरूको धारण हाम्रो पक्षमा नदेखिएकोले अब विद्यालयको तालाचाबी सरकारलाई बुझाउनै पर्ने बेला आइसकेको छ,’ उनले थपे । आन्दोल थप शसक्त पार्दै लैजाने र सदनबाट ति असहमतिका बुँदाहरु सम्सोधन गर्नु पर्ने माग राखे।सरकारले वाणिज्य, सहकारीपछि अब शिक्षा क्षेत्रको संस्थागत विद्यालयलाई निशाना बनाएका उनको आरोप छ ।

    त्यस्तै प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीले, प्रज्ञा एकाडेमी अभिभावक संघका अध्यक्ष जीवनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता लेखनाथ निरौला लगायतले आ-आफना धारणा राखेका थिए ।

    प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले अभिभावकलाई मार पर्ने गरी आन्दोलन नगर्न आग्रह गरेका छन् ।

    प्याब्सनका जिल्ला वरिष्ठ उपाध्यक्ष ऐचके पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

    आन्दोलनका कार्यक्रम अनुसार बिहीबार बिहान साढे १० सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको प्याब्सन कोशी प्रदेश उपाध्यक्ष इशुभ पाण्डेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.