• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पाँच वर्षभित्र मापदण्ड पुर्‍याएर मात्रै विद्यालय सञ्चालन गर्न पाइने


  •    संवाददाता/ मङ्गलबार, भदौ १०, २०८२  

  • सरकारी र निजी विद्यालयहरूले पाँच वर्षभित्र निश्चित मापदण्ड पूरा गरेर मात्रै विद्यालय सञ्चालन गर्नुपर्ने भएको छ ।

    सरकारले अबदेखि विद्यालय स्थापना र सञ्चालन गर्दा निश्चित मापदण्ड पुगेको हुनुपर्ने गरी ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मै व्यवस्था गरेको हो ।

    Advertisement

    उक्त व्यवस्थासहितको शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत शुक्रबार संसद्‌मा पेस गरिसकेकाे छ ।

    Advertisement

    समितिका सभापति अम्मरबहादुर थापाले संसदमै मूल भूत संशोधन तथा परिमार्जन गरिएका विषयहरू पढ्दै भने, ‘कुनै पनि विद्यालयमा स्थापना र सञ्चालन गर्दा निश्चित मापदण्ड पुगेको हुनुपर्ने र त्यस्तो मापदण्डसमेत स्पष्ट उल्लेख गरिएको छ शिक्षा विधेयकमा । हाल सञ्चालनमा रहेका विद्यालयले पाँच वर्षभित्र यस प्रकारको मापदण्डभित्र पूरा गर्नुपर्ने व्यवस्था समावेश गरिएको छ ।’

    हाल सञ्चालनमा भएका अधिकांश सामुदायिक र निजी विद्यालयहरू मापदण्डभित्र रहेर सञ्चालनमा छैनन् । खोला, सडक, हवाई मैदान, बसपार्क छेउमा विद्यालय सञ्चालन गर्न नपाइने कानुनी प्रावधान छ तर अधिकांश विद्यालय मूल सडकसँगै टाँसिएका छन् ।

    स्थानीय तहहरूले विद्यालय व्यवस्थापन निर्देशिका नै जारी गरेका छन् ।

    जसमा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनि प्रदूषण उद्योगधन्दा, हवाई मैदानबाट पाँच सय मिटर बाहिर हुनुपर्ने मापदण्ड छ । त्यस्तै निर्देशिकाकाे ‘घ’ मा उल्लेख छ‚ ‘विद्यालय भवन आसपासमा पेट्रोल पम्प, मुख्य सडक, ट्राफिक जोखिम नभएको स्थानमा हुनुपर्छ ।’​ तर यी मापदण्डअनुसार विद्यालय सञ्चालनमा छैनन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.